EPL : काठमाडौँ किंग्स एघारद्वारा मुख्य प्रशिक्षकको लागि आवेदन माग

एभरेस्ट प्रिमियर लिगको फ़्रेन्चाइज् काठमाडौँ किंग्स एघारले आगामी २०२१/२२ सिजनको लागि टिमको मुख्य प्रशिक्षक पदको लागि आवेदन माग गरेको छ।

रमेश कर्प ग्रुप अन्तर्गत रहेको टेली होल्डिंग प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको किंग्स एघारले टिमको क्रिकेट अपरेसन, रणनीति र योजनाको जिम्मेवारी लिन सक्ने प्रशिक्षकको माग गरेको हो। पदको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकले आवेदन दिन सक्नेछन् जसले टिमलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिंदै लिगमा टिमको प्रदर्शन सुधार गर्ने जिम्मेवारी लिने अपेक्षा गरिएको छ।

आवेदन दिनको लागि आवेदकले आईसीसी, एसीसी अथवा क्रिकेट अस्ट्रेलियाको लेभल-२ कोर्स उतिर्ण गरेको  हुनुपर्नेछ। यस्ता दुई वर्ष स्तरीय फ़्रेन्चाइज् वा अन्तर्राष्ट्रिय लिगमा प्रशिक्षण अनुभव भएको हुनुपर्नेछ।यस्तै प्रथम श्रेणी वा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेको तथा सकभर ५० वर्ष उमेर ननाघेको नेपाली नागरिकलाई बढी महत्व दिने फ़्रेन्चाइज्ले बताएको छ। ईच्छुक आवेदकले आफ्नो आवेदन @kathmanukingsxi.com मा पठाउन सक्नेछन्।


एभरेस्ट प्रिमियर लिगको आगामी सिजन यो वर्ष सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म आयोजना हुनेछ। गत वर्ष कोभीड-१९ का कारण लिग स्थगित गरिएको थियो।

काठमाडौं किंग्स एघारले यस अघि मार्की खेलाडी रहेका सोमपाल कामिलाई चितवनमा ट्रेड गर्दै दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको थियो।

पछिल्लो सिजन २०१८ मा काठमाडौँ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy