कर्पोरेट क्रिकेटको दोस्रो दिन स्मार्ट सेलको दोहोरो जित

काठमाण्डौ किंग्स एलेभेनको आयोजनामा संचालन भैरहेको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेट अन्तर्गत मंगलवार समेत ७ खेलहरु सम्पन्न भएका छन्। मंगलवार सम्पन्न खेलहरुमा दराज डट कम्, आईएमएस ग्रुप, नयाँ पत्रिका, डिस् होम्, स्मार्ट सेल र सेन्चुरी बैंकले जित दर्ता गरे।

दराज डट कम भर्सेज एनआईसि एसिया बैंक :

दिनको पहिलो खेलमा दराज डट कमले साबिक बिजेता एनआईसि एसिया बैंकलाई ३ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै एनआईसि एसियाले दिएको ५७ रनको लक्ष्य दराजले निर्धारित १० ओभरमा ४ विकेट गुमाउंदै पुरा गर्यो। दराजको इनिंगमा १८ रन बनाएका दिपेन्द्र राई खेलको म्यान अफ दि म्याच घोषित भए।

आईएमएस ग्रुप भर्सेज नेपाल लाईफ इन्स्योरेन्स :

यस्तै दिनको दोस्रो खेलमा आईएमएस ग्रुपले नेपाल लाईफ इन्स्योरेन्समाथि ४ विकेटको जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै नेपाल लाईफले दिएको ६६ रनको लक्ष्य आईएमएस ग्रुपले ७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। खेलमा ३२ रन बनाएका उज्ज्वल थापा र ३ विकेट लिएका पियुष घिरैया संयुक्त रुपमा म्यान अफ दि म्याच घोषित भए।

Man of the match Ujjal Thapa and Piyous Ghiraiya-IMS (1)
Man of the match Ujjal Thapa and Piyous Ghiraiya-IMS (1)

नयाँ पत्रिका भर्सेज क्लाउड फ्याक्ट्री :

दिनको तेस्रो खेलमा बलियो देखिएको टोली नयाँ पत्रिकाले क्लाउड फ्याक्ट्रीलाई ३ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गरेको क्लाउड फ्याक्ट्रीको टोलीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ५४ रन मात्र जोड्न सकेको थियो। जवाफमा ५५ रनको सामान्य लक्ष्य नयाँ पत्रिकाले ८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नयाँ पत्रिकाको जितमा अविजित १६ रन जोडेका आदित्य ठाकुर खेलको म्यान अफ दि म्याच चुनिए।

डिस होम भर्सेज म्याक्स लेजेन्स :

डिस होम र म्याक्स लेजेन्स बीच खेलिएको दिनको चौथो खेलमा डिस होमले ७ विकेटको सहज जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै म्याक्सले दिएको २० रनको झिनो लक्ष्य डिस होमले १.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। डिस होमको बलिङ्गमा ८ रन खर्चेर २ विकेट लिएका दिपक न्यौपाने खेलको म्यान अफ दि म्याच बने।

Electrifying Performer Aditya Bhattarai Dish home
Electrifying Performer Aditya Bhattarai Dish home

स्मार्ट सेल भर्सेज युनाईटेड सिमेन्ट :

यस्तै दिनको पाँचौ खेलमा स्मार्ट सेलले युनाईटेड सिमेन्टलाई ७१ रनको भारी अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गरेको स्मार्टसेलले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९९ रन जोडेको थियो। उसका लागि सचिन लेखकले सर्वाधिक ५९ रन जोडेका थिए। जवाफमा १०० रनको लक्ष्य लिएर मैदान उत्रिएको युनाईटेड सिमेन्टले २८ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। स्मार्टसेलको बलिङ्गमा ४ रन दिएर ४ विकेट लिएका जीवन सिलवाल खेलको म्यान अफ दि म्याच चुनिए।

सेन्चुरी बैंक भर्सेज युनिभर्सल इलेक्ट्रोकम :

प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न छैठौं खेलमा सेन्चुरी बैंकले युनिभर्सल इलेक्ट्रोकमलाई २ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै युनिभर्सलले दिएको ७१ रनको लक्ष्य सेन्चुरी बैंकले ९.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। उसको चेजमा २४ रन जोडेका सुरज तिमल्सिना म्यान अफ दि म्याच घोषित भए।

स्मार्ट सेल भर्सेज क्लाउड फ्याक्ट्री :

दिनको अन्तिम खेलमा मंगलवार स्मार्टसेलले क्लाउड फ्याक्ट्रीलाई ६४ रनको ठुलो अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गरेको स्मार्ट सेलले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १२९ रन जोडेको थियो। उसका बिबेक राना मगरले ६२ र तारक भट्टले ४७ रन जोडेका थिए। जवाफमा १३० रनको बिशाल लक्ष्य पाएको क्लाउड फ्याक्ट्रीले ६६ रन मात्र जोड्न सक्दा खेल गुमाउन पुग्यो। ब्याटिंग तर्फ ४७ रन र बलिङ्गमा १ विकेट हात पारेका तारक भट्ट खेलको प्लेयर अफ दि म्याच चुनिए।

कर्पोरेट क्षेत्रका कुल १५ टोलीलाई चार बिभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता संचालन  भैरहेको छ। समुह चरण पश्चात हरेक समुहबाट शिर्ष २ टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन्। इन्डोर प्रतियोगिता रहेतापनि खेल भने सामान्य क्रिकेटकै ढांचामा खेलिने समेत आयोजकले बताएको छ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]