कर्पोरेट क्रिकेटको तेस्रो दिन आईएमएस ग्रुपको दोहोरो जित

Electrifying Performer Amal Kumar Das Ims vs Siddharth
  • विकेटनेपाल – भदौ ४, बुधवार 

काठमाण्डौ किंग्स एलेभेनको आयोजनामा संचालन भैरहेको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेट अन्तर्गत बुधवार ६ खेलहरु सम्पन्न भएका छन्। बुधवार सम्पन्न खेलहरुमा दराज डट कम्, आईएमएस ग्रुप, डिस् होम्,एनआईसी एसिया बैंक र सेन्चुरी बैंकले जित दर्ता गरे।

डिस होम् भर्सेज दराज डट कम् :

दिनको पहिलो खेलमा बलियो देखिएको टोली डिस होमले दराज डट कमलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै दराजले दिएको ४३ रनको लक्ष्य डिस होमले ५.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। उसको चेजमा आदित्य भट्टराईले अविजित ३१ रन जोडे। बलिङ्गमा ६ रन खर्चेर ४ विकेट लिएका डिस होमका दिपक न्यौपाने खेलको प्लेयर अफ दि म्याच घोषित भए।

आईएमएस ग्रुप भर्सेज एसके भेन्चर्स :

यस्तै दिनको दोस्रो खेलमा आईएमएस ग्रुपले एसके भेन्चर्स माथि २८ रनको सानदार जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै आईएमएसले दिएको ७१ रनको लक्ष्य पछ्याउने क्रममा एसके भेन्चर्सले सबै विकेट गुमाएर ४७ रन मात्र जोड्न सकेपछि खेल गुमाउन पुगेको हो। बलिङ्गतर्फ १० रन खर्चिएर ४ विकेट चट्काएका आईएमएस ग्रुपका पियुष घिरैया खेलको प्लेयर अफ दि म्याच चुनिए।

दराज डट कम् भर्सेज म्याक्स लेजेन्स :

रोयल केसिटिसी इन्डोर क्रिकेटमा खेलिएको दिनको तेस्रो खेलमा दराज डट कमले म्याक्स लेजेन्सलाई ३ विकेटले पराजित गर्न सफल रह्यो। पहिले ब्याटिंग गर्दै म्याक्सले दिएको २४ रनको सामान्य लक्ष्य दराजले ४.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। बलिङ्गतर्फ २ विकेट र ब्याटिंगतर्फ ६ रन जोडेका दराजका सागर दाहाल खेलको प्लेयर अफ दि म्याच घोषित भए।

आईएमएस ग्रुप भर्सेज सिद्धार्थ बैंक :

दिनको चौथो खेलमा लगातार दोस्रो जित निकाल्दा आईएमएस ग्रुपले सिद्धार्थ बैंकलाई १३ रनले पराजित गर्यो। पहिले ब्याटिंग गरेको आईएमएस ग्रुपले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ७४ रन जोडेको थियो। जवाफमा ७५ रनको लक्ष्य पछ्याएको सिद्धार्थ बैंकले ५ विकेट गुमाएर ६१ रन मात्र जोड्न सक्दा खेल १३ रनले गुमाउन पुग्यो। ब्याटिंगतर्फ अविजित ४३ रन जोडेको आईएमएस ग्रुपका कृष्ण सोनी खेलको प्लेयर अफ दि म्याच घोषित भए।

Electrifying Performer Ankush Chand max vs nic asia
Electrifying Performer Ankush Chand max vs nic asia

एनआईसी एसिया बैंक भर्सेज म्याक्स लेजेन्स :

दिनको पाँचौ खेलमा एनआईसी एसिया बैंकले म्याक्स लेजेन्सलाई १३८ रनको बिशाल अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गरेको एसआईसी एसियाले निर्धारित १० ओभरमा १ विकेट गुमाएर १५६ रन जोडेको थियो। उसका कुनाल मण्डलले अविजित ७२ र रितेश अधिकारीले अविजित ५९ रन जोडेका थिए। जवाफमा १५७ रनको लक्ष्य पछ्याउने क्रममा म्याक्स लेजेन्स मात्र १७ रनमा समेटिन पुग्यो। एनआईसी एसिया बैंकका कुनाल मण्डल खेलको प्लेयर अफ दि म्याच चुनिए।

सेन्चुरी बैंक भर्सेज टेलीटक :

प्रतियोगिताको तेस्रो दिनको अन्तिम खेलमा सेन्चुरी बैंकले टेलीटकलाई ५७ रनको फराकिलो अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गरेको सेन्चुरी बैंकले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १०७ रन जोडेको थियो। जवाफमा १०८ रनको बिशाल लक्ष्य पछ्याएको टेलीटकले सबै ७ विकेट गुमाएर ५० रन मात्र जोड्न सक्दा खेल गुमायो। ब्याटिंगतर्फ ३९ रन र बलिङ्गतर्फ ३ विकेट लिएका सेन्चुरी बैंकका सुरज तिमल्सिना खेलको प्लेयर अफ दि म्याच चुनिए।

कर्पोरेट क्षेत्रका कुल १५ टोलीलाई चार बिभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता संचालन भैरहेको छ। समुह चरण पश्चात हरेक समुहबाट शिर्ष २ टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन्। इन्डोर प्रतियोगिता रहेतापनि खेल भने सामान्य क्रिकेटकै ढांचामा खेलिने समेत आयोजकले बताएको छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]