कर्पोरेट इन्डोर क्रिकेटको सेमिफाइनल समीकरण पुरा

  • विकेटनेपाल – भाद्र ५, बिहिवार 

काठमाण्डौ किंग्स एलेभेनको आयोजनामा संचालन भैरहेको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेट अन्तर्गत सेमिफाइनल समीकरण पुरा भएको छ।  बिहिवार सम्पन्न क्वार्टरफाइनलका खेलहरु जित्दै एनआईसि एसिया बैंक, युनाइटेड सिमेन्ट, आईएमएस ग्रुप र सेन्चुरी बैंकले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रतियोगिता अन्तर्गत शुक्रवार कुनैपनि खेलहरु रहेका छैनन्। सेमिफाइनल र फाइनलका खेलहरु आउने शनिवार खेलिनेछन्।

एनआईसि एसिया बैंक भर्सेज नेपाल लाईफ इन्स्योरेन्स :

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा साबिक बिजेता एनआईसि एसिया बैंकले नेपाल लाईफ इन्स्योरेन्स माथि ४ विकेटको जित दर्ता गर्दै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भयो। पहिले ब्याटिंग गर्दै नेपाल लाईफले दिएको ७९ रनको लक्ष्य एनआईसि एसियाले ९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। ब्याटिंगतर्फ ३९ रन र बलिंगतर्फ ३ विकेट चट्काएका एनआईसि एसियाका सन्जोग शर्मा खेलको प्लेयर अफ दि म्याच घोषित भए।

Man of the Match Sanjog Sharma NIC Asia Vs NLIC
Man of the Match Sanjog Sharma NIC Asia Vs NLIC

आईएमएस ग्रुप भर्सेज डिस होम् :

दोस्रो क्वार्टरफाइनल खेलमा आईएमएस ग्रुपले बलियो मानिएको टोली डिस होमलाई ३८ रनले पराजित गर्यो। पहिले ब्याटिंग गरेको आईएमएस ग्रुपले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९९ रन जोडेको थियो। जवाफमा १०० रनको लक्ष्य पछ्याएको डिस होमले ६१ रन मात्र जोड्न सक्दा खेल गुमाउन पुग्यो। आईएमएसको ब्याटिंगमा अविजित ३२ रन जोडेका गोबिन्द सोनी खेलको प्लेयर अफ दि म्याच चुनिए।

Man of the Match Govind Soni ims vs Dish home
Man of the Match Govind Soni IMS vs Dish Home

युनाइटेड सिमेन्ट भर्सेज युनिभर्सल इलेक्ट्रोकम् :

गणेश भट्टको अलराउण्ड प्रदर्शनमा प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा युनाइटेड सिमेन्टले युनिभर्सल इलेक्ट्रोकमलाई २ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै युनिभर्सलले दिएको ५४ रनको लक्ष्य युनाइटेड सिमेन्टले ९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। उसको चेजमा २० रन जोडेका तथा बलिंगमा ३ विकेट हात पारेका गणेश भट्ट खेलको प्लेयर अफ दि म्याच घोषित भए।

Man of the Match Rajan Khadki Century bank vs Cloud factory
Man of the Match Rajan Khadki Century bank vs Cloud factory

सेन्चुरी बैंक भर्सेज क्लाउड फ्याक्ट्री :

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा सेन्चुरी बैंकले क्लाउड फ्याक्ट्रीलाई ८१ रनको ठुलो अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गरेको सेन्चुरी बैंकले निर्धारित १० ओभरमा कुनै विकेट नगुमाई १२८ रन जोडेको थियो। जवाफमा १२९ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा क्लाउड फ्याक्ट्रीले ४७ रन मात्र जोड्न सक्यो। सेन्चुरी बैंकको ब्याटिंगमा अविजित ७२ रन जोडेका राजन खड्की खेलको प्लेयर अफ दि म्याच चुनिए।

कर्पोरेट क्षेत्रका कुल १५ टोलीलाई चार बिभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता संचालन भैरहेको छ। समुह चरण पश्चात हरेक समुहबाट शिर्ष २ टोली क्वार्टरफाइनलका लागि छनोट भएका थिए। इन्डोर प्रतियोगिता रहेतापनि खेल भने सामान्य क्रिकेटकै ढांचामा खेलिने समेत आयोजकले बताएको छ।





थप समाचार

चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ […]

जडेजाको अर्धशतकमा लखनाउलाई १७७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई […]

कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता […]

युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो […]

सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ […]

नेपालले टस हार्यो, सोमपाल टिममा फर्किए

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ । युएईका कप्तान मुहम्मद […]