काठमाण्डौ किंग्स-११ कर्पोरेट इन्डोर कप अगष्टमा

  • विकेटनेपाल – ८ श्रावण, बुधवार 

घरेलु ट्वान्टी-२० क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( एपिएल ) को फ्रेन्चाइज टोली काठमाण्डौ किंग्स ११ ले दोस्रो सिजनको कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

गत बर्षबाट सुरु भएको कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताले यो बर्ष समेत निरन्तरता पाउन लागेको हो। अगष्ट तेस्रो हप्ताबाट प्रतियोगिता सुरु हुने भनिएपनि अन्तिम मिति भने सार्वजनिक गरिएको छैन। प्रतियोगिता अन्तर्गतका खेलहरु राजधानीको गोल्फुटार स्थित रोयल केसिटिसी इन्डोरमा संचालन हुनेछन्।

अघिल्लो बर्ष टोली एनआईसि एसिया बैंक
अघिल्लो बर्ष टोली एनआईसि एसिया बैंक

पहिलो सिजनको कर्पोरेट इन्डोर प्रतियोगिताको उपाधी एनआईसी एसिया बैंकले हात पारेको थियो। बैंक, अटो मोबाइल, इन्सोरेस र मिडिया हाउस गरी १४ टोलीको सहभागिता रहेको थियो।

काठमाण्डौ किंग्स ११ का प्रमुख कार्यकारी अधिकृत राज जंङ्ग थापाले यस सिजन प्रतियोगितालाई पहिलेको बर्ष भन्दा अझ व्यवस्थित र थप पुरस्कार सहित आकर्षक बनाउने बताउनु भयो।

फ्रेनचाइजले कर्पोरेट कपसंगै हरेक बर्ष फ़्यान्स कप इन्डोर क्रिकेट र अन्य कर्पोरेट सोसियल जिम्मेवारी अन्तर्गतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ। त्यससंगै हरेक बर्ष एभरेष्ट प्रिमियर लिग खेल्ने आफ्नो टोलीमा यूवा प्रतिभालाई मौका दिन फ्रेन्चाइजले ट्यालेन्ट हन्टको समेत व्यवस्था गर्ने गरेको छ।

पछिल्लो सिजनको एभरेष्ट प्रिमियर लिगमा तेस्रो भएको काठमाण्डौमा सोमपाल कामी, केभिन ओ ब्रायन, रोहन मुस्तफा जस्ता नाम चलेका खेलाडी रहेका छन्। टोलीको प्रशिक्षकको भूमिकामा यू-१९ राष्ट्रिय टोलीका प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका पूर्व-कप्तान बिनोद दास रहेका छन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy