EPL : सागरको घातक बलिंग, काठमाडौँको मध्यम योगफल

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत मंगलबारको पहिलो खेलमा काठमाडौँ किंग्स-११ र चितवन टाइगर्स प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १४१ रन बनाउदै चितवनलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाडौँको लागि सुबाश खकुरेलले सर्वाधिक ३५ रन, राजु रिजालले २८ रन तथा जनक प्रकाशले २६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर रहमनुल्लाह गुर्बज ५ रन तथा अमित श्रेष्ठ ६ रन बनाएर आउट भएपछि अर्का ओपनर सुबास खकुरेलले राजु रिजालसंग तेश्रो विकेटको लागि ३७ रनको साझेदारी गरे। तर त्यसपछि काठमाडौँले लगातार विकेट गुमाउन पुग्यो। राजु रिजाल दशौँ ओभरमा करिमजनतबाट बोल्ड भए पछि देब्रे हाते स्पिनर सागर ढकालले रायन बर्ल, सुबास खकुरेल र गुल्सन झाको विकेट लिंदै चितवनलाई हावी गरे। त्यसपछि जनक प्रकाशले गुल्सन झासंग १८ तथा अमर सिंह रौटेलासंग २० रनको साझेदारी गरे। सागर ढकालले रौटेला र १८ औं ओभरमा करिम जनतले जना प्रकाशको विकेट लिए। अन्तिम ५ ओभरमा काठमाडौँले ३२ रन मात्र बनाउन सक्यो।

चितवनको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक४ विकेट लिए जुन क्रममा ४ओभरमा २१ रन खर्चिए। करिम जनतले २ विकेट ( ४-०-१८-२ ) लिए भने कमल सिंह ऐरी ( ४-०-३८-१ ) र सेक्कुगे प्रशन्ना ( ३-०-२०-१ ) ले समान १ विकेट लिए।

चितवनले आफ्नो पहिलो खेलमा बिराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो जसपछि दोश्रो खेल खेल्दैछ। काठमाडौँले पनि पहिलो खेलमा ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेपछि दोश्रो खेल खेल्दैछ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]