EPL : बर्ल र गुर्बजको आक्रामक ब्याटिंग, काठमाडौँको विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौँ किंग्स-११ ले एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-२० मा विजयी सुरुआत गरेको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेट गुमाएर भेटायो।

काठमाडौँको लागि जिम्बाब्वेका देब्रे हाते ब्याट्सम्यान रायन बर्लले आक्रामक ब्याटिंग गर्दै अविजित ७३ रन बनाए जुन क्रममा उनले ३४ बलमा ३ चौका र ७ छक्का हिर्काए। यस्तै अफगानिस्तानका ब्याट्सम्यान रहमनुल्लाह गुर्बजले ५९ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र ४ छक्का हिर्काए। राजु रिजालले अविजित १९ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा काठमाडौँको सुरुवात खराब रह्यो। सुबास खकुरेल खाता नखोली पहिलो ओभरमै तथा दोश्रो ओभरमा ४ रन बनाएका अमित श्रेष्ठ रन आउट भए। दुवैलाई शंकर रानाले रन आउट पारे। त्यसपछि अफगानिस्तान ओपनर रहमनुल्लाह गुर्बजले आक्रामक ब्याटिंग गरे। ललित राजबंशीले गरेको पाँचौ ओभरमा उनले ३ छक्का प्रहार गरे। मात्र २४ बलमा अर्धशतक पुरा गरेपछि गुर्बज एघारौं ओभरमा पवन सर्राफबाट विकेटपछाडी समातिए। त्यसपछि बर्ल र रिजालले चौथों विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

शाहिद अफ्रिदी विकेटविहिन रहे

यस अघि टस हारेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५७ रन बनाएको थियो।

ललितपुरको सुरुवात अत्यन्त खराब रह्यो। पहिलो ओभरमै उसका दुई ओपनर कुशल भुर्तेल खाता नखोली तथा सन्दुन विराक्कोडी २ रन बनाएर जितेन्द्र मुखियाबाट क्याच आउट भए। भुर्तेल पहिलो बलमै आउट भए। दोश्रो ओभरमा ओशाडा फर्नान्डो ४ रन बनाएर गुल्सन झाबाट एलबिडब्लु भए।

७ रन बनाउदा ३ विकेट गुमाएको अवस्थामा पवन सर्राफले आक्रामक ब्याटिंग गर्दै टिमलाई दबाब मुक्त गरे। सर्राफले शाहिद अफ्रिदीको स्पेलको पहिलो ओभरमा छक्का र चौका प्रहार गरे। उनले चौंथो विकेटको लागि शंकर रानासंग ५६ रनको साझेदारी गरे। दशौँ ओभरमा शंकरलाई मुखियाले तेश्रो शिकार बनाए। त्यसपछि सर्राफले योगेन्द्र सिंह कार्कीसंग ६.२ ओभरमा ६२ रनको साझेदारी गरे। सर्राफ र कार्की दुवैलाई लेग स्पिनर रायन बर्लले लगातार बलमा पेभेलियन फर्काए।

काठमाडौँ किंग्स-११ को बलिंगमा जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १८ रन खर्चिए। यस्तै गुल्सन झाले २ ( ४-०-३५-२ ) तथा रायन बर्लले २ विकेट ( ४-०-२०-२ ) लिए। पाकिस्तानी स्टार स्पिनर शाहिद अफ्रिदी ४ ओभरमा ३२ रन खर्चेर विकेटविहिन रहे। यस्तै कप्तान सन्दिप लामिछानेले पनि ४ ओभरमा ४४ रन खर्चिंदा विकेट लिन सकेनन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]