युएईमा जारि १३ औं आईपीएलमा सिजनको पहिलो शतक बनाउने क्रममा किंग्स-११ पन्जाबका कप्तान केएल राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन बनाउने क्रममा ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। टस हारेर पहिले ब्याटिंग गर्दै पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाएको थियो। ओपनिंग ब्याटिंग गर्दै राहुलले लिग करियरमा ६९ औं खेल खेल्ने क्रममा दोश्रो शतक प्रहार गरेका हुन्।
यस अघि राहुलले गत सिजन मुम्बई इन्डीएन्स बिरुद्ध शतक बनाएका थिए जुन क्रममा ६४ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। दोश्रो शतक प्रहार गर्दै राहुलले बिभिन्न कीर्तिमान आफ्नो नाम गरेका छन्।
१. भारतीय ब्याट्सम्यानको उच्च स्कोर : १३२ रन आईपीएल इतिहासमा कुनै पनि भारतीय ब्याट्सम्यानले बनाएको यो सबैभन्दा उच्च व्यक्तिगत योगफल हो। २०१८ मा दिल्ली क्यापिटल्सका रिशभ पन्तले अविजित १२८ रन बनाएका थिए जुन रेकर्ड राहुलले तोडेका हुन्। तेश्रो उच्च मुरली विजयले २०१० मा १२७ रन, चौथो उच्च २०१४ मा विरेन्द्र सेहवागले १२२ रन तथा पाँचौ उच्च पल भाल्थाटिले २०११ मा अविजित १२० रन बनाएका थिए।
२. कप्तानको रुपमा उच्च स्कोर : १३२ रन लिग इतिहासमा कुनै पनि टिमको कप्तानले बनाएको उच्च स्कोर हो। सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले २०१७ मा बनाएको १२६ रनको रेकर्ड राहुलले तोडेका हुन्। कप्तानको रुपमा तेश्रो उच्चस्कोर दिल्लीका कप्तान विरेन्द्र सेहवागको नाममा रहेको छ जसले २०११ मा ११९ रन बनाएका थिए। चौथो, पाँचौ र छैठौं उच्च स्कोर बैंगलोर कप्तान बिराट कोहलीको आममा रहेको छ जसले २०१६ मा क्रमशः ११३, १०९ र १०८ रन बनाएका थिए।
३. छिटो २ हजार रन पुरा गर्ने भारतीय ब्याट्सम्यान : शतक बनाउने क्रममा राहुलले लिगमा २ हजार रन पनि पुरा गरेका छन्। २ हजार रन पुरा गर्ने आईपीएलमा उनि सबैभन्दा छिटो भारतीय ब्याट्सम्यान बनेका छन्। सचिन तेन्दुलकरले २०१२ मा ६३ इनिंगमा २ हजार रन पुरा गर्दै बनाएको रेकर्ड राहुलले तोडेका हुन्। समग्रमा भने उनि २ हजार रन पुरा गर्ने तेश्रो छिटो ब्याट्सम्यान बनेका छन्। सबैभन्दा छिटो क्रिस गेलले ४८ तथा शन मार्शले ५२ बलमा २ हजार रन पुरा गरेका थिए।
४. भारतीय ब्याट्सम्यानको सर्वाधिक औशत, समग्रमा तेश्रो : ६९ खेलमा ६० इनिंगमा ब्याटिंग गरेका राहुलले १२ औ खेलमा अविजित ब्याटिंग गर्ने क्रममा इकबाल अब्लादुल्लाह र महेन्द्र सिंह धोनीलाई पछि पार्दै लिग इतिहासमा सबैभन्दा बढी औशत बनाउने भारतीय ब्याट्सम्यान बनेका छन्। राहुलको औशत ४४.३७ रहेको छ। अब्दुल्लाहको औशत ४४ तथा धोनीको ४२.४८ रहेको छ।
लिग इतिहासमा १० खेल भन्दा बढी खेल्ने समग्रमा ब्याट्सम्यानहरुमा भने राहुलको औशत तेश्रो सर्वाधिक हो। लिगमा सबैभन्दा धेरै औशत भएका ब्याट्सम्यान जोनी बेयरस्टो हुन् जसले ११ खेलमा ५६.२२ को औशतमा ५०६ रन बनाएका छन्। यस्तै हासिम अमलाले १६ खेलमा ४४.३८ को औशतले ५७७ रन बनाएका छन्।
५. २ वा २ भन्दा बढी शतक : लिग करियरको दोश्रो शतक बनाउने क्रममा राहुल लिग इतिहासमा छैठौं भारतीय ब्याट्सम्यान बनेका छन्। उनि संगै विरेन्द्र सेहवाग, मुरली विजय, अजिंके रहाने, संजु स्यामसनले २ वटा शतक बनाएका छन्। सबैभन्दा धेरै आईपीएल शतक बनाउने भारतीय ब्याट्सम्यान बिराट कोहली हुन् जसले ५ शतक बनाएका छन्।
६. अन्तिम २ ओभरमा सबैभन्दा बढी रन : खेलमा अन्तिम २ ओभरमा राहुलले ९ बलमा ४२ रन बनाएका थिए। बिराट कोहली पछि उनि अन्तिम २ ओभरमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन्। कोहलीले २०१६ मा गुजरात लायन्स बिरुद्ध अन्तिम २ ओभरमा १० बल खेल्दै ४४ रन बनाएका थिए। तेश्रो धेरै ब्रेण्डन म्याकलमले ३९ रन बनाएका थिए।
२८ वर्षीय दायाँ हाते ब्याट्सम्यानले आईपीएलमा बैंगलोरको लागी २०१३ मा कोलकाता नाइट राइडर्स बिरुद्ध डेब्यु गरेका थिए। त्यस बेला बैंगलोरको कप्तान बिराट कोहलीनै थिए।
किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?
IPL : बैंगलोरलाई विशाल अन्तरले पराजित गर्दै, राहुल प्रेरित पन्जाब शिर्षमा
चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्
चर्चित कमेन्टेटर तथा पूर्व क्रिकेटर डीन जोन्सको निधन, क्रिकेट जगतनै शोकमा
IPL 2020 : राजस्थान रोयल्सलाई राहतको खबर , स्टोक्स टिमसंग जोडिने
‘रोहित आईपीएलको दोश्रो उत्कृस्ट कप्तान’ – सेहवाग