“जुनसुकै नम्बरमा ब्याटिंग गर्न तयार छु” केएल राहुल

  • विकेटनेपाल, जेठ ३ – शुक्रबार

भारतीय क्रिकेट टिमको लागि विश्वकपमा ब्याकअप ओपनरको रुपमा चुनिएका ब्याट्सम्यान केएल राहुलले आफु आगामी विश्वकपमा जुनसुकै नम्बरमा ब्याटिंग गर्नको लागि तयार रहेको बताएका छन्।

भारतीय टिममा लामो समयदेखि चौथो नम्बरमा कसले ब्याटिंग गर्ने भन्ने द्विविधा रहँदै आएको छ। विश्वकपको लागि भनेर टिम व्यवस्थापनले चौथो स्थानमा फरक फरक ब्याट्सम्यानलाई अवसर प्रदान गर्यो तर कसैले पनि यो स्थान आफ्नो बनाउन सकेनन्। राहुलले चौथो स्थानमा खेल्न आफु तयार रहेको इंगित गरेका छन्।

२७ वर्षीय राहुलले आफु विश्वकपको लागि टिममा छनोट भएकोले टिमको आवश्यकता अनुसार जुनसुकै स्थानमा ब्याटिंग गर्न सक्ने बताए-

“टिमलाई आवश्यक परेको खण्डमा आफ्नो पोजिसन भन्दापनि आवश्यकता अनुसार जुनसुकै पोजिसनमा खेल्नेछु” उनले भने। उनले यसको मतलब घुमाउरो पारामा आफु चौथो नम्बरमा समेत ब्याटिंग गर्न तयार रहेको बताए।

मुख्य प्रशिक्षक रबि शास्त्रीले पनि विश्वकपमा परिस्थिति अनुसार टिमको संयोजन मिलाउने बताएका छन्। विश्वकपमा भारतीय ब्याटिंग लाइन अपको चौथो नम्बरमा ब्याटिंग गर्न विजय शंकर र राहुलको नाम अघि आएको छ। राहुलले आईपीएलमा ओपनिंग ब्याटिंग गरेका थिए भने अन्तिम पटक भारतको लागि अस्ट्रेलिया टुरमा खेल्ने क्रममा तेश्रो नम्बरमा ब्याटिंग गरेका थिए ।

भर्खरै सम्पन्न आईपीएलमा राहुलले सानदार ब्याटिंग प्रस्तुत गरेका थिए। उनलेले आइपिएल अगाडी अष्ट्रेलियासँग खेलिएको टि-२० सिरिज अन्तर्गत ५० रन र ४७ रन बनाए। त्यसपछि आइपिएलमा किंग्स इलावेन पन्जाबको लागि ५३.९० को औसतमा ५९३ रन बनाए जुन प्रतियोगिताकै डेभिड वार्नर पछि दोश्रो सर्वाधिक रन हो।

टेलिभिजन सो कफी विथ करनमा विवादास्पद अन्तर्वार्ता पछि प्रतिबन्धमा परेका उनले त्यसपछि इन्डिया ‘ए’ को तर्फबाट घरेलु मैदानमा इंग्ल्याण्ड लायन्स बिरुद्द समेत राम्रो प्रदर्शन गरेका थिए।

सन् २०१९को आइपिएलमा चेन्नई सुपर किंग्स बिरुद्द १९ बलमा अर्धशतक प्रहार गरेपछि

पछिल्लो समय लगातार टि-२० क्रिकेट खेलेपछि एकदिवसीय क्रिकेटमा फर्किन केहि समस्या हुने बताए। गाह्रो त हुन्छ तर ब्याट र बलको खेल न हो, त्यति धेरै परिवर्तन गर्नुपर्दैन, मात्र मानसिकता परिवर्तन गरे पुग्छ” उनले थपे।

राहुलले अहिलेसम्म भारतका लागि ३४ टेस्ट, १४ एकदिवसीय र २७ टि२० खेल खेल्दै क्रमश: १९०५ रन, ३४३ रन र ८७९ रन बनाएका छन्।

विश्वकप मे ३० तारिखदेखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुनेछ। प्रतियोगितामा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज गरि १० देशको सहभागिता रहनेछ।

विश्वकपको लागि घोषित भारतीय टिम:

विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

Image





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]