IPL : सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान

२०७७ कार्तिक ३, सोमबार १०:०२

किंग्स-११ पन्जाबका कप्तान केएल राहुलले आइतबार नयाँ कीर्तिमान बनाएका छन्। उनि आईपीएल इतिहासमै लगातार तेश्रो सिजन ५ सय भन्दा बढी रन बनाउने पहिलो भारतीय खेलाडी बनेका छन्। मुम्बई इन्डीएन्स बिरुद्ध अर्धशतक बनाउदै राहुलले ५ सय रन पार गरेका हुन्।

यस्तो थियो राहुलको पछिल्लो ३ सिजन : 

आईपीएल २०१८ : विकेटकिपर ब्याट्सम्यानले पन्जाबको लागि डेब्यु गर्नेक्रममा १४ खेलमा ६ वटा अर्धशतक मद्दतले ५४.९१ को औशतमा ६५९ रन बनाएका थिए।

आईपीएल २०१९ : १४ खेलमा राहुलले ५३.९० को औशतमा १ शतक र ६ अर्धशतक प्रहार गर्दै ५९३ रन बनाएका थिए।

आईपीएल २०२० : जारि सिजन राहुल ९ खेल खेल्दा १ शतक र ५ अर्धशतक प्रहार गर्दै ५२५ र बनाएका छन्। यस क्रममा राहुलको औशत ७५.०० रहेको छ भने १३५.६५ को स्ट्राइक रेटमा रन बनाएका छन्। अरेन्ज क्याप आफ्नो साथमै राखेका राहुलले यही लय जारि राखे पहिलो पटक अरेन्ज क्याप जित्ने सम्भावना प्रवल देखिएको छ।

डेभिड वार्नरले २०१४ दखि २०१९ सम्म लगातार ५ सिजन ५ सय भन्दा बढी रन बनाएका थिए

भारतीय खेलाडी बाहेकको कुरा गर्ने हो भने लिगमा हैदरावाद कप्तान डेभिड वार्नर तथा राहुलका टिममेट क्रिस गेलले यस अघि ३ वा बढी सिजन ५ सय भन्दा बढी रन बनाएका थिए। वार्नरले २०१४, २०१५, २०१६, २०१७ गरि सर्वाधिक लगातार ४ पटक ५ सय भन्दा बढी रन बनाएका थिए। २०१८ मा उनि बल टेम्परिंग प्रतिबन्धमा पर्दा लिग खेलेका थिएनन् जसपछि २०१९ मा पनि वार्नरले ५ सय रन बनाएका थिए। यस आधारमा वार्नरले लगातार ५ सिजन ५ सय भन्दा बढी रन बनाएको भन्न मिल्छ। यस्तै गेलले २०११, २०१२ र २०१३ मा लगातार ३ सिजन ५ सय भन्दा बढी रन बनाएका थिए।

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

सुपर ओभरनै बराबरी हुँदा दोश्रो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy