हातमा आएको जित खोसीएपछि राहुलले भने “यो हार पचाउन गाह्रो छ।”

पन्जाब किंग्सलाई अन्तिम २ ओभरमा जितको लागि मात्र ८ रन आवस्यक थियो र साथमा थियो ८ विकेट। यस्तो अवस्थामा राजस्थान रोयल्स फ्यानहरुले आफ्नो टिमले खेल जित्ने सोच्नु समेत परको कुरा हो। तर अन्तिम २ ओभरमा राजस्थानले अपत्यारिलो पुनरागमन गर्दै खेल २ रनले आफ्नो पक्षमा पार्यो। इनिंग्सको १९ औं ओभरमा मुस्तफिजुर रहमानले ४ रन मात्र खर्चिए पछि जित्न पन्जाबलाई ६ बलमा ४ रन मात्र आवस्यक थियो र साथमा अझै ८ विकेट। क्रिजमा २५ रन बनाएका एडेन मारक्रम र ३२ रन बनाएका निकोलस पुरन थिए। तर दायाँ हाते पेसर त्यागीले पहिलो ३ बलमा १ रन मात्र खर्चेर क्रिजमा जमेका निकोलस पुरनको विकेट लिंदा पन्जाब दबाबमा आयो। त्यागीले चौथों बलमा रननै दिएनन् भने पाँचौ बलमा दिपक हुडाको विकेट लिए। ३ रन आवस्यक हुँदा अन्तिम बलमा त्यागीले पुनः डट बल गरे र सनसनीपूर्ण जित दिलाए। अविजित २६ रन बनाएका मारक्रम अपत्यारिलो खेलको मुकदर्शक बन्न पुगे।

खेलको दोश्रो इनिंग्समा पूर्णतः हावी रहेर सहज जिततर्फ अघि बढेको पन्जाबले खेल हार्ने आंकलन कसैको थिएन। राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा ४ विकेट मात्र गुमाएता पनि पन्जाबले १८३ रन मात्र बनाउन सक्यो। कप्तान केएल राहुल र मायाँक अग्रवालले १२० रनको ओपनिंग साझेदारी गरेता पनि अन्तिममा दबाब झेल्न नसक्दा पन्जाबले निराशाजनक हार व्यहोर्न पुग्यो।

हारपछि प्रतिक्रिया दिने क्रममा पन्जाब कप्तान राहुलले हार पचाउन गाह्रो भएको प्रतिक्रिया दिए – “यो हार पचाउन गाह्रो छ। हामीले दबाबलाई सम्हाल्न्ने राम्रो तरिका सोच्नने जरुरत छ। यो खेलमा आफ्नो सर्वोत्कृष्ट दिएपछि पनि आएको नतिजा हो। यसलाई निल्न गाह्रो छ किनकि हामीले आफ्नो पछिल्लो गल्तिबाट सिकेनौ। हामी बाँकि ५ खेलमा अझ उत्कृस्ट पुनरागमन गर्न प्रयास गर्नेछौँ।”

राहुलले खेलमा गरेको बलिंग र आफु लगायत ब्याट्सम्यानको लय सकारात्मक बताए – “हामीले पहिलो ६ ओभरमा राम्रो लेन्थमा बलिंग गर्यौं। त्यसपछि नियमित अन्तरलमा विकेट पायौं। त्यसपछि म, मायाँक र एडेनले पहिलो खेलमा रन बनाए जुन महत्वपूर्ण कुरा हो।” पहिले ब्याटिंग गर्ने क्रममा राजस्थानले पहिलो ४ विकेट गुमाउदा १६६ रन बनाएता पनि पन्जाबले उत्कृस्ट पुनरागमन गर्दै अन्तिम ६ विकेट लिंदा मात्र १९ रन खर्चेको थियो। पन्जाब पेसर अर्शदिप सिंहले करियरको उत्कृस्ट स्पाल ( ४-०-३२-५ ) दर्ता गर्दै टिमलाई खेलमा फर्काएका थिए। यस्तै अर्का पेसर मोहम्मद शामीले पनि मात्र २१ रन खर्चेर ३ विकेट लिए।

अपत्यारिलो अन्तिम ओभर बलिंग गरेपछि राजस्थानका २० वर्षीय पेसर कार्तिक त्यागिले जितमा विशेष योगदान दिन पाउँदा खुसि व्यक्त गरे – “म आईपीएलको पहिलो लेगमा घाइते भएको थिए तर म फिट हुँदा प्रतियोगितानै रोकियो। त्यति बेला दुख लागेको थियो। मैले धेरैजना संग कुरा गर्दा यो फर्म्याट दिनहु परिवर्तन भएको कुरा सुनाउथे त्यसैले मैले आफूमाथ विश्वास कायमै राख्नु पर्थ्यो। मैले यो खेलमा अचम्मको कुरा भएको सुनेको र देखेको छु। आज म भाग्यमानी छु कि जितमा विशेष योगदान दिन पाएँ। म अगाडी सर्ट बल गरिरहेको थिएँ जसबारे धेरै फिडब्याक पाएपछि त्यसमा काम गरें।” त्यागिले बताए।

जितपछि राजस्थान कप्तान संजु स्यामसनले खेल कसरि जितेको पत्याउन नसकेको प्रतिक्रिया दिए। “यो बुझ्न गाह्रो छ कि हामीले कसरि जित्यौं। हामीसंग मुस्तफिजुर रहमान र कार्तिक त्यागि जस्ता बलर थिए र मलाई आफ्नो बलरबाट विश्वास थियो। योजना स्पस्ट थियो कि वाइड योर्कर फाल्ने जुन योजनाले राम्रो काम पनि गर्यो। हामीले केहि क्याच छोड्यौ तर राम्रो भयो कि हामीले पुनरागमन गर्न सक्यौं।” उनले बताए।

जितपछि राजस्थान रोयल्स लिग अंकतालिकामा ८ खेलमा ४ जित र ४ हार बेहोर्दै पाँचौ स्थानमा उक्लेको छ। पन्जाब भने ९ खेलमा छैठौं हार पछि ६ अंक सहित सातौं स्थानमा पुगेको छ। लिग अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]