मुखबाट कोलकाताले जित खोसेपछि पन्जाब कप्तान राहुलको प्रतिक्रिया “मसंग जवाफ छैन”

२०७७ आश्विन २४, शनिबार २०:५४

आईपीएल २०२० अन्तर्गत पन्जाबले लगातार पाँचौ खेलमा हार बेहोरेको छ। ७ खेल खेल्दा १ मात्र जित दर्ता गर्न सकेको पन्जाब कोलकातासंग शनिवार जित नजिक पुगेको थियो। अन्तिम ३ ओभरमा जित्न मात्र २२ रन आवस्यक हुँदा ९ विकेट साथमा रहेता पनि त्यसपछि कोलकाताका सुनिल नारायण र प्रसिध कृष्णाले शानदार बलिंग गर्दै पन्जाबको मुखबाट जित खोसे र २ रनको जित दिलाए।

निराशाजनक हार पछि पन्जाब कप्तान राहुलले आफूसंग जवाफ नभएको बताए –

“हामीले राम्रो सुरुवात गर्यौं … इमान्दार भएर भन्दा मसंग जवाफ छैन। अब हामिले बाँकी ७ खेलमा अझ कडा रुपमा प्रस्तुत हुनु पर्छ। हामीले राम्रो बलिंग गर्यौं। पावरप्लेमा विकेट लियौं। बलरहरुले राम्रो लाइन र लेन्थमा बलिंग गरे र डेथ ओभरमा पनि बहादुर भएर बलिंग गरे। तर, लक्ष्य पछ्याउदा तपाईलाई जितले मात्र सन्तुस्टि दिन्छ। हामीले राम्रो सुरुवात गर्यौं, मायाँकले राम्रो ब्याटिंग गर्यौं। ओपनिंग साझेदारी महत्वपूर्ण थियो र हामीले राम्रो गर्यौं। तर, अन्तिममा हामीले विकेट लगातार गुमायौं जसपछि विजयी रेखा पार गर्न सकेनौं।”

१८ औं र २० औं ओभरमा बलिंग गर्दै टिमको जितमा अहम योगदान दिएका सुनिल नारायणले अन्तिम बलमा म्याक्सवेलले हानेको बल हावामा रहंदा आफूले गल्ति गरेको महसुस गरेको बताए। अन्तिम बलमा जित्न ७ रन आवस्यक हुँदा म्याक्सवेलले चौका हिर्काएका थिए जुन बल बाउन्ड्री भन्दा थोरै मात्र भित्र खसेको थियो।

“जब बल हावामा थियो, अन्तिम बलमा मैले बललाई माथि र बाहिर खेलाएर गल्ति गरे जस्तो लाग्यो। मलाई डेथ ओभरमा बलिंग गर्ने त्यति सहज थिएन तर कसैले त्यो जिम्मेवारी लिनै पर्थ्यो। अन्तिममा मुटु निकै धड्किएको थियो तर मैले आफूलाई शान्त राख्ने प्रयास गरे, जस्तो म छु।” खेलमा ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका नारायणले बताए।

जितमा प्लेयर अफ द म्याच चुनिएका कोलकाता कप्तान दिनेश कार्तिकले सुनिल नारायण र प्रसिध कृष्णाको तारिफ गरे। कार्तिकले सिजनको पहिलो अर्धशतक बनाउने क्रममा मात्र २९ बलमा ५८ रन बनाएका थिए।

“राहुल र मायाँकले जसरि ब्याटिंग गर्दै थिए मलाई लागेको थियो हामीले केहि पुनरागमन गर्न केहि विशेष गर्नु पर्छ। प्रसिध विशेष छन्। जसरि उनले दोश्रो स्पेल बलिंग गरे उनले आफू कति उत्कृस्ट छु भनेर सावित गरे। सुनिल नारायणले हामीलाई धेरै पटक जिताएका छन्। उनि सधै शान्त रहन्छन्। उनि टिमलाई कसरि उत्कृस्ट योगदान दिने बारेमा सोचिरहेका हुन्छन्।”

खेलको प्लेयर अफ द म्याच चुनिएका दिनेश कार्तिकले सिजनमा व्यक्तिगत पहिलो अर्धशतक बनाए

सिजनमा पहिलो खेलमा मौका पाएका दायाँ हाते फास्ट बलर प्रसिधले ३ विकेट लिने क्रममा ४ ओभरमा २९ रन खर्चेका थिए। यस क्रममा उनले पन्जाबलाई जित्न २ ओभरमा २० रन आवस्यक हुँदा १९ औं ओभरमा ७४ रन बनाएका केएल राहुल र सिमरन सिंहको विकेट लिंदै मात्र ६ रन खर्चिएका थिए। उक्त ओभरले टिमको जितको आधार तयार गरेको थियो।

आफ्नो दोश्रो खेलमा बैंगलोरलाई पराजित गरेपछि लगातार ४ खेलमा पराजित भएको पन्जाबको यो लगातार पाँचौ हार हो। हारपछि पन्जाब ७ खेलमा १ जित र ६ हार पछि २ अंक सहित आठौँ स्थानमा रहेको छ। जितपछि कोलकाता तेश्रो स्थानमा उक्लेको छ जसको ६ खेलमा ४ जित र २ हार पछि ८ अंक रहेको छ। समान ८ अंक रहेता पनि मुम्बई नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा रहेको छ। दिल्ली १० अंक सहित पहिलो स्थानमा छ।

रोमान्चक खेलमा कोलकातासंग पन्जाब २ रनले पराजित

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy