IPL : केएल राहुलले पन्जाबको लागि अन्तिम खेल खेलीसकेका हुन् ?

२०७८ आश्विन २६, मंगलवार १०:३२

केएल राहुल नेतृत्वको पन्जाब किंग्सले आईपीएलमा पुनः अर्को पटक खराब प्रदर्शन गर्यो। स्टार खेलाडीहरु टिममा हुनुको बाबजुद पन्जाब किंग्सका कप्तान राहुलले टिमको भाग्य परिवर्तन गर्न सकेनन्। पन्जाब यो वर्ष पनि प्लेअफ छनोट हुन असफल रह्यो जसले टिमका फ्यान र टिम व्यवस्थापन पुनः  निराश बनेका छन्। आईपीएल २०२१ मा असफलता पछि खबरहरुको अनुसार केएल राहुल र पन्जाब किंग्स दुवैले एक अर्काको साथ छोड्ने निर्णय गरिसकेका छन्।

क्रिक्बजको रिपोर्ट अनुसार केएल राहुलले पन्जाब किंग्सको लागि अन्तिम खेल खेलीसकेका छन्। किनकि राहुल आगामी सिजनको लागि नयाँ फ़्रेन्चाइज्मा जान चाहन्छन्। जबकी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले हालसम्म आईपीएल २०२२ को मेगा अक्सनको लागि रिटेन्सन पोलिसी घोषणा गरेको छैन। टिमको लागि उपलब्ध रिटेन्सन र राइट टु म्याच ( आर टिएम ) कार्डको संख्या अस्पस्ट हुनुको बाबजुद राहुललाई केहि सम्भावित फ़्रेन्चाइजहरुले सम्पर्क गरिसकेका छन्।


राहुललाई २०१८ मा पन्जाबले मेगा अक्सनमा ११ करोड भारुमा ( करिब १७ करोड ६१ लाख नेपाली रुपैयाँ ) किनेको थियो। राहुलको नेतृत्वमा पन्जाबले २०१८ देखि २०२१ सम्म ४ वटा सिजन खेल्ने क्रममा कुनै पनि सिजन टिम प्लेअफ पूग्न सकेन। २०१८ मा टिम सातौँ स्थानमा रह्यो भने त्यसपछि लगातार तिन वर्ष छैठौं स्थानमा रह्यो।

पन्जाबको लागि खेल्ने क्रममा राहुलको व्यक्तिगत प्रदर्शन भए उच्च रह्यो। २०२० मा अरेन्ज क्याप जितेका उनले क्रमशः २०१८ देखि २१ सम्म ६५९, ५९३, ६५० र ६२६ रन बनाए।

भारतीय टिमका स्टार ब्याट्सम्यान राहुलले नयाँ टिममा निकै बढी रकम पाउन सक्नेछन्। दुई नयाँ फ़्रेन्चाइज् आईपीएलमा जोडिने हुनाले राहुलको कमाई पनि मोटो हुने अनुमान गर्न सकिन्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy