मुलपानी ।
पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमति प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ ।
काठमाडौंका लागि सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरे । यस्तै सिद्धान्त लोहनी, सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडैं मेयर्स ११ ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४४ रन बनाएको हो ।
काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमति प्रदेश विरुद्ध आक्रमक ब्याटिङ गर्दै ४२ रन बनाए ।
नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसंग ५७ रनको साझेदारी गरे । सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।
सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए । त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
बलिङमा बागमतिका नन्दन यादवले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरी र अरियो पौडेलले २-२ र दिपेश श्रेष्ठले १ विकेट लिए ।