केएमसी कोहलपुरलाई विरेन्द्र शाही मेमोरियल क्रिकेटको उपाधि

होलिल्याण्ड नेपालगंजलाई ४७ रनले पराजित गर्दै केएमसी कोहलपुरले विरेन्द्र शाही मेमोरियल अन्तर कलेज टि-ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सम्पन्न खेलमा केएमसीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा होलिल्याण्डले १०९ रनमा सबै विकेट गुमायो। प्रनित थापाले ३७, यशार्थ गुप्ताले २३ रन बनाएता पनि होलिल्याण्डलाई जित दिलाउन सकेनन्। केएमसीका बलर लभकुश यादव, अजय सहानी र अमर सिंह रौटेलाले समान २ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको केएमसीले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५६ रन बनायो। उसको लागि अजय सहानीले सर्वाधिक ४२ रन, अमर सिंह रौटेलाले ३५ रन बनाए। होलिल्याण्डका बलर गोपाल केसी र दिपेश वर्माले समान २ विकेट लिए।

उपाधि सहित केएमसी कोहलपुरले ५० हजार रुपैयाँ हात पार्यो भने उपविजेता होलिल्याण्डले २५ हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी नासिर अन्सारी, उत्कृस्ट ब्याट्सम्यान प्रनित थापा मगर, उत्कृस्ट बलर हर्शील जंग शाही तथा उदयमान खेलाडी देपिन बिस्ट घोषित भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy