को बन्लान् नेपालको मुख्य प्रशिक्षक ? यी हुन् दावेदार

नेपाल क्रिकेट संघ ( क्यान ) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि आवेदन दिएका ६० जना आवेदकहरु मध्ये बिहिबार ५ जनाको अन्तर्वार्ता लिएको छ।

क्यानले प्रेस बिज्ञप्ति जारि गर्दै आवेदकहरुबाट पहिलो चरणमा १५ जना छनोट गर्दै त्यसबाट पनि दोश्रो चरणमा झारेर ५ जनाको अन्तर्वार्ता लिईएको बताएको छ। क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, जेनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र आईसीसीका एक प्रतिनिधि रहेको छनोट समितिले अन्तर्वार्ता लिएको थियो।

अन्तर्वार्ता पछि बोल्दै क्रिकेट म्यानेजर बिनोद दासले आईसीसीसंग सल्लाह पछि चाडै प्रशिक्षकको घोषणा गर्ने बताएका छन्- “हामीले अन्तर्वार्तामा उनीहरुको नेपाली क्रिकेटलाई विकास गर्ने कार्ययोजना कस्तो छ सोधेका थियौं। अन्तर्वार्ता पछि उनीहरुले माग गर्ने तलब अनुसार पनि कुन प्रशिक्षक चयन गर्ने कुरा निर्धारण गर्छ।” नेपालले मासिक १० हजार डलर तलब दिन सक्ने दास बताए। अन्तर्वार्ता लिएका पाँच जना मध्ये क्यानले उपयुक्त व्यक्ति छनोट गरेर शुक्रबार आईसीसीलाई पठाउनेछ। आईसीसीसंग छलफल पछि प्रशिक्षकको घोषणा गरिनेछ।

को बन्ला मुख्य प्रशिक्षक ?

क्यानले अन्तर्वार्ता लिएको पाँच जना प्रशिक्षकहरुमा नेपालकै पूर्व प्रशिक्षक पुबुदु दासानायके, नेपालकै पूर्व ब्याटिंग कन्सल्टेन्ट रहीसकेका तथा वेस्टइन्डिजको ब्याटिंग प्रशिक्षक रहीसकेका भारतीय प्रशिक्षक मोन्टि देसाई, पूर्व श्रीलंकन क्रिकेटर तथा ओमानका कन्सल्टेन्ट प्रशिक्षक रुवान कल्पागे, पूर्व न्युजिल्यान्ड क्रिकेटर तथा पाकिस्तानका हाई पर्फर्मेन्स प्रशिक्षण प्रमुख रहीसकेका ग्रान्ट ब्राडबर्न तथा पूर्व श्रीलंकन क्रिकेटर तथा नाइजेरियाका मुख्य प्रशिक्षक रहीसकेका असंका गुरुसिन्हा रहेका छन्। अन्तर्वार्ता लिईएका पाँच प्रशिक्षक मध्ये मोन्टि देसाई, पुबुदु दासानायके तथा ग्रान्ट ब्राडबर्नको सम्भावना बढी छ। तर उनीहरुले प्रशिक्षक बने बापत कति रकम माग गर्नेछन् त्यसले को नियुक्त हुने निर्धारण गर्नेछ।

मोन्टि देसाई : वेस्ट इन्डिजका ब्याटिंग प्रशिक्षक रहीसकेका मोन्टि देसाई लामो समय देखि नेपाली क्रिकेट संघ सम्बन्ध राख्ने गर्छन्। सन् २०१२ मा शक्ति गौचनलाई राजस्थान रोयल्समा ट्रायलको लागि बोलाउने देसाईनै थिए। राजस्थान रोयल्सलाई पहिलो आईपीएल उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका देसाईले २०१२ मा पृथु बास्कोटा र प्रदिप ऐरीलाई विशेष प्रशिक्षक दिएका थिए। उनले देब्रे हाते स्पिनर भूवन कार्कीलाई २०१३ मा राजस्थान रोयल्सको अभ्यास क्याम्पमा बोलाएका थिए। सन् २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न टि-२० बिश्वकप छनौटमा समेत प्रशिक्षक देसाई नेपाली टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिकामा थिए। नेपाल लगायत, क्यानाडा, बर्मुडा, अमेरिका जस्ता देशसंग देसाईले काम गरिसकेका छन्।

पुर्ब प्रशिक्षक पुबुदु दासानायकेसंग राम्रो सम्बन्ध भएका उनले दासानायकेको प्रशिक्षणकालमा नेपाली खेलाडीहरुलाई बारम्बार सहयोग गरेका थिए । सन् २०११ बिश्वकपमा दासानायके क्यानडाको प्रशिक्षक रहंदा देसाईले उनलाई सघाएका थिए । राहुल द्रविड, एन्डी फ्लावर, जोन्टि रोड्स लगायत प्रशिक्षकहरुसंग समेत देसाईले काम गरिसकेका छन् । प्रशिक्षणको लेभल ३ कोर्स उतिर्ण देसाई सन् २००८ देखि २०१२ सम्म इंग्ल्याण्डले भारत भ्रमण गर्दै इंग्ल्याण्ड प्रशिक्षक एन्डी फ्लावरलाई सघाएका थिए । इंग्ल्याण्ड काउन्टी क्लबहरुसंग समेत उनले काम गरिसकेका छन् ।

Monty Desai

ग्रान्ट ब्राडबर्न : ५५ वर्षीय ब्राडबर्नले न्युजिल्यान्डको लागि १९९० देखि २००१ सम्म ७ टेस्ट र ११ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। यो वर्ष अक्टोबरमा पाकिस्तान क्रिकेटको हाई परफरमेन्स प्रमुख रहेका ग्रान्ट ब्राडबर्न त्यस अघि दुई वर्ष पाकिस्तानको फिल्डिंग प्रशिक्षक थिए। त्यस अघि सन् २०१४ देखि २०१८ सम्म उनि स्कटल्याण्डको प्रमुख प्रशिक्षक रहेका थिए। त्यस अघि उनि करिब एक वर्ष न्युजिल्यान्ड ‘ए’ क्रिकेट टिम तथा न्युजिल्यान्डयु-१९ टिमको प्रमुख प्रशिक्षक थिए।

Grant Bradburn
Grant Bradburn

पुबुदु दासानायेके : सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदु दासानायेकेको प्रशिक्षण कालमा नेपालले २०१४ मा टि-ट्वान्टी विश्वकप खेलेको थियो। सन् २०११ मा क्यानडा क्रिकेट टिमलाई समेत उनले विश्वकप छनौट गराएका थिए। डिभिजन-४ मा रहेको नेपाली टिमलाई दासानायेकेले डिभिजन-२ हुँदै एकदिवसीय विश्वकप छनोट तथा विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्म पुर्याएका थिए। नेपाल पछि अमेरिका क्रिकेट टिमको प्रशिक्षण गरेका उनले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र बनाएका थिए। सन् २०१५ सम्म नेपालको प्रशिक्षक रहेका उनले त्यसपछि २०१६ देखि २०१९ सम्म अमेरिकाको प्रशिक्षक रहे। दासानायकेले श्रीलंका र क्यानडाको राष्ट्रिय क्रिकेट टिमको लागि समेत खेलेका थिए।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]