कोहलपुर ओपन क्रिकेट : आयोजक केसीए,  च्याम्पियन्स र बिबि क्वार्टरफाइनलमा

शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन सम्पन्न तिन वटा खेल सम्पन्न भएका छन्।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलहरु जित्दै च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन्।

दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४.५ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए।

Rohan KC

यस अघि पहिले ब्याटिंग गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो। रनियारपुरको लागि इरफान खानले सर्वाधिक २९ रन, नफुस खानले २० रन बनाएका थिए।  च्याम्पियन्सको बलिंगमा सकिल खान र गोभिन्द बिस्टले समान २ विकेट लिए।

खेलको प्लेयर फ द म्याच अलराउण्ड योगदान दिएका च्याम्पियन्स क्लबका सोम शर्मा चुनिए।

दिनको दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए ) ले ढकेरी किंग्सलाई १३९ रनले पराजित गर्यो। स्कोरकार्ड 

कोहलपुरले पहिले ब्याटिंग गर्दै दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो। ढकेरीको लागि संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए। कोहलपुरको बलिंगमा रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १/१ विकेट लिए।

Shiva Dangi
Binayak Giri

यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १९९ रन बनाएको थियो।

कोहलपुरको लागि शिब डाँगीले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ३७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। यस्तै विनायक गिरिले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए। सन्दिप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडमीका शिब डाँगी चुनिए।

दिनको तेश्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्यो। स्कोरकार्ड 

बिबि वारियर्सले पहिले ब्याटिंग गर्दै दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४.१ ओभरमा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

रझेनाको ब्याटिंगमा सौगात रानाभाटले सर्वाधिक २६ तथा प्रदिप बुढाले २१ रन बनाए। बिबि वारियर्सको बलिंगमा आकाश बिस्टले ४ विकेट तथा बिशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए।

Aakash Bista

यस अघि टस जितेर ब्याटिंग रोजेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो।

वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का हिर्काए। सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए। रझेनाको बलिंगमा जानु कस्कर, सुमन थापा र घनश्याम रावतले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिबि वारियर्सका आकाश बिस्ट चुनिए।

प्रतियोगिता अन्तर्गत बुधबार पनि तिन वटा खेलहरु हुनेछन्। पहिलो खेलमा विहान ८ बजे नेपालगंज च्याम्प र युभीसीसी कोहलपुरले, दोश्रो खेलमा ११ बजे बिबिसीसी किर्तिपुर र राझा स्पोर्ट्स क्लब तथा तेश्रो खेलमा १ बजे सम्झना स्पोर्ट्स क्लब र न्यु रोड-११ ले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]