कोहलपुरमा विरेन्द्र शाही मेमोरियल टि-ट्वान्टी क्रिकेट हुँदै

युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा बाँकेको कोहलपुर क्रिकेट मैदानमा स्वर्गीय क्रिकेटर विरेन्द्र शाहीको स्मृतिमा ‘विरेन्द्र शाही मेमोरियल अन्तर कलेज टि-ट्वान्टी’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

चैत्र ५ गते देखि १२ गते सम्म आयोजना हुने प्रतियोगितामा बाँकेका स्थानीय तथा बर्दिया, सुर्खेत, दाङ र सुदूरपश्चिमका कलेज टिमहरु सहभागी हुनेछन्।

टि-ट्वान्टी फर्म्याटको प्रतियोगितामा सहभागी टिमहरुले प्लेयिंग-एघारमा तिन जना कलेज बाहिरका जुनसुकै खेलाडीहरु समाबेश गर्न पाउनेछन्।

स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीसंग एकै मन्च प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको युनाइटेड भिजन क्रिकेट क्लबका सचिव गुर्तेक सिंह सोडीले जानकारी गराएका छन्- “स्थानीय स्तरमा लुकेका प्रतिभाहरुलाई उच्च स्तरमा खेल्ने अवसर प्रदान गर्न तथा कलेज स्तरमा क्रिकेट प्रवर्द्धन गर्ने उद्देश्य राखेर प्रतियोगिता सुरुवात गरेका हौँ। प्रतियोगितालाई एक पटक मात्र हैन बर्षेनी निरन्तरता दिने सोचका साथ अघि बढेका छौँ।” उनले बताए।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने व्यक्तिगत विधामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को नियमअनुसार प्रतियोगिता आयोजना हुनेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]