कोहलपुरमा विरेन्द्र शाही मेमोरियल टि-ट्वान्टी क्रिकेट हुँदै

युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा बाँकेको कोहलपुर क्रिकेट मैदानमा स्वर्गीय क्रिकेटर विरेन्द्र शाहीको स्मृतिमा ‘विरेन्द्र शाही मेमोरियल अन्तर कलेज टि-ट्वान्टी’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

चैत्र ५ गते देखि १२ गते सम्म आयोजना हुने प्रतियोगितामा बाँकेका स्थानीय तथा बर्दिया, सुर्खेत, दाङ र सुदूरपश्चिमका कलेज टिमहरु सहभागी हुनेछन्।

टि-ट्वान्टी फर्म्याटको प्रतियोगितामा सहभागी टिमहरुले प्लेयिंग-एघारमा तिन जना कलेज बाहिरका जुनसुकै खेलाडीहरु समाबेश गर्न पाउनेछन्।

स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीसंग एकै मन्च प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको युनाइटेड भिजन क्रिकेट क्लबका सचिव गुर्तेक सिंह सोडीले जानकारी गराएका छन्- “स्थानीय स्तरमा लुकेका प्रतिभाहरुलाई उच्च स्तरमा खेल्ने अवसर प्रदान गर्न तथा कलेज स्तरमा क्रिकेट प्रवर्द्धन गर्ने उद्देश्य राखेर प्रतियोगिता सुरुवात गरेका हौँ। प्रतियोगितालाई एक पटक मात्र हैन बर्षेनी निरन्तरता दिने सोचका साथ अघि बढेका छौँ।” उनले बताए।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने व्यक्तिगत विधामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को नियमअनुसार प्रतियोगिता आयोजना हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy