कोहलीको शतकमा भारतको जित, सिरिज बराबरीमा

  • विकेटनेपाल – १ माघ, मंगलवार

कप्तान बिराट कोहलीको शतक र पुर्व कप्तान महेन्द्र सिंह धोनीको अर्धशतकमा भारतले अष्ट्रेलिया बिरुद्धको दोस्रो एक दिवसीय खेलमा ६ विकेटको जित हात पारेको छ। भारतको जितसंगै ३ खेलको शृंखला १-१ को बराबरीमा पुगेको हो।

यसअघि सम्पन्न पहिलो एक दिवसीय खेलमा अष्ट्रेलियाले भ्रमणकारी टोलि भारतलाई ३४ रनले पराजित गरेको थियो। शृंखला अन्तर्गतको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आउने शुक्रवार मेलबर्नमा खेलिनेछ।

एडिलेडमा मंगलवार सम्पन्न खेलमा भारतलाई जित दिलाउन कप्तान कोहलीले सानदार शतक प्रहार गरे। पहिले ब्याटिंग गर्दै अष्ट्रेलियाले दिएको २९९ रनको लक्ष्य भारतले खेल सकिन ४ बल बाँकी रहंदा ४ विकेट गुमाएर पुरा गर्यो।

Virat Kohli
Virat Kohli

टोलीलाई जित दिलाउने क्रममा बिराट कोहलीले सर्वाधिक १०४, महेन्द्रसिंह धोनीले अविजित ५५ तथा रोहित शर्माले ४३ रनको योगदान गरे। एक दिवसीय करियरको ३९ औं शतक बनाउने क्रममा कोहलीले ११२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै पछिल्लो खेलमा कम स्ट्राइक रेटमा ब्याटिंग गरेको भन्दै आलोचनाको शिकार बनेका महेन्द्र सिंह धोनीले ५४ बलमा अविजित ५५ रन जोडे। त्यसक्रममा उनले २ छक्का समेत प्रहार गरे।

जेसन बेरेनड्रफले गरेको अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा धोनीले पहिलो बलमा छक्का र दोस्रो बलमा १ रन लिंदै टोलीलाई जितसम्म पुर्याएका थिए।

Ms Dhoni
Ms Dhoni

अष्ट्रेलियाको बलिंगतर्फ जेसन बेरेनड्रफ, झाए रिचर्डसन्, ग्लेन म्याक्स्वेल र मार्कस स्टोइनिसले समान १-१ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन।

यसअघि पहिलो इनिंगमा टस जितेर ब्याटिंग गर्न उत्रिएको अष्ट्रेलियाले शन् मार्शको उत्कृस्ट शतकको सहयोगमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन जोडेको थियो।

Shaun Marsh
Shaun Marsh

शतक बनाउने क्रममा मार्शले १२३ बलमा ११ चौका र ३ छक्का सहित १३१ रन जोडेका थिए।  यस्तै ग्लेन म्याक्स्वेलले मात्र ३७ बलमा ५ चौका र १ छक्का सहित ४८ रनको योगदान  गरेका थिए।

भारतको बलिंगतर्फ भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट ( १०-०-४५-४ ) चट्काए। यस्तै मोहम्मद शामीको नाममा ३ विकेट ( १०-०-५८-३ ) रहेको थियो।

तस्बिर स्रोत : (@ICC)





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]