विश्वकपमा ठूलो कीर्तिमानबाट कोहली १५ रन टाढा

भारतीय पूर्व कप्तान विराट कोहली पछिल्लो समय लयमा छन्।

विश्वका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक उनले भारतका लागि केही महत्त्वपूर्ण खेलहरू आफ्नै बलबुताले जिताएका छन्। एसिया कप २०२२ मा अफगानिस्तानविरुद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन्। आज हुने भारत र बङ्गलादेशबिचको महत्त्वपूर्ण खेलमा कोहलीले ठुलो कीर्तिमान बनाउन सक्छन्।

सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपको इतिहासमै सर्वाधिक रन बनाउनेमा विराट कोहली अहिले दोस्रो नम्बरमा छन्। उनले आज (नोभेम्बर २ मा) बंगलादेशविरूद्धको टी–२० विश्वकपमा थप १५ रन बनाए भने उनी टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेछन्।

टी–२० विश्वकपमा कोहलीको नाममा हाल १ हजार १ रन छ। टी–२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका कोहलीले चाहेको बेला विस्फोटक ब्याटिङसमेत गर्छन्। उनले ११२ टी–२० खेलमा ३८६८ रन बनाइसकेका छन् जसमा एक शतक र ३५ अर्धसतक समावेश छ।

जारि विश्वकपमा कोहलीले ३ खेलमा १५६ रन बनाइसकेका छन्। उनले पहिलो खेलमा पाकिस्तानसंग अविजित ८२ रन, नेदरल्याण्डसंग अविजित ६२ रन तथा दक्षिण अफ्रीकासंग १२ रन बनाएका थिए।

विराट कोहलीले तीनवटै फर्म्याटमा भारतका लागि १०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ शतक बनाएका छन्। जसमा १०२ टेस्टबाट २७ शतक, २६२ एक दिवसीयमा ६४ र एक अन्तर्राष्ट्रिय टी-२० शतक उनको नाममा छ। हाल अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्सविरूद्ध उत्कृष्ट इनिङ्स खेले।

पहिलो खेलमा पाकिस्तानविरुद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरुद्ध १२ रनमा आउट भए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]