कप्तानको रुपमा कोहलीको ५० औं जित

दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले जारि एकदिवसीय विश्वकपमा विजयी सुरुवात गरेको छ।प्रतियोगितामा दक्षिण अफ्रीकाले लगातार तेश्रो खेल हार्ने क्रममा पहिले ब्याटिंग गर्दै दिएको २२८ रनको लक्ष्य भारतले ४८ औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका रोहित शर्माले अविजित १२२ रन तथा युज्भेंद्र चाहलले ४ विकेट लिंदै भारतको जितमा अहम योगदान दिए।

कप्तानको रुपमा कोहलीको ५० एकदिवसीय जित

दक्षिण अफ्रिकालाई पराजित गर्ने क्रममा भारतीय कप्तान बिराट कोहलीले भारतको कप्तानको रुपमा ५० एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरेका छन्।

यो संगै कोहली ५० एकदिवसीय अन्तर्राष्ट्रियमा जित हाँसिल गर्ने चौथो सबैभन्दा छिटो कप्तान बनेका छन्।

कुल ६९ खेलमा भारतको लागि कप्तानी गरेका कोहलीले ५० जित र १७ हार बेहोरेका छन् भने १ खेल नतिजाविहिन र १ खेल बराबरीमा टुंगिएको छ। कोहलीको जित प्रतिशत ७४.२६ छ।

कप्तानको रुपमा छिटो ५० जित हाँसिल गर्ने सुचीमा वेस्ट इन्डिजका क्लाइभ लोयड पहिलो स्थानमा रहेका छन्। लोयडले ६३ खेलमा उक्त रेकर्ड बनाएका थिए। सुचीमा दोश्रो स्थानमा रहेका अस्ट्रेलियन पुर्वकप्तान रिकी पोंटिंगले ६३ तथा तेश्रो स्थानमा रहेका हेन्सी क्रोनिले ६८ खेलमा यो सफलता हाँसिल गरेका थिए।

दक्षिण अफ्रीकासंग ४ विकेट लिने क्रममा विश्वकपमा समेत डेब्यु गरेका युज्भेंद्र चाहल विश्वकप डेब्युमा धेरै विकेट लिने भारतीय खेलाडी बन्न पुगेका छन्।

डेब्युमा ४ विकेट लिने उनि एक्लो भारतीय खेलाडी भने हैनन्। मोहम्मद शामीले २०१५ मा पाकिस्तानसंग र देबासिस मोहन्तिले केन्यासंग १९९९ मा ४/४ विकेट लिएका थिए।

रोहितले उछिने गांगुलीलाई

रोहितको एकदिवसीय करियरको यो २३ औं शतक हो। यस क्रममा रोहित भारतको लागि धेरै एकदिवसीय शतक बनाउने ब्याट्सम्यानको सुचीमा तेश्रो स्थानमा उक्लेका छन्। भारतीय पुर्व कप्तान सौरभ गांगुलीले २२ शतक बनाएका थिए जसलाई रोहितले उछिनेका हुन्। भारतको लागि सचिन तेन्दुलकरले सर्वाधिक ४९ तथा बिराट कोहलीले ४१ एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका छन्।

यस्तै रोहित लक्ष्य पछ्याउने क्रममा धेरै शतक बनाउने सुचीमा समेत चौथो स्थानमा उक्लेका छन्। ११ वटा शतक लक्ष्य पछ्याउने क्रममा बनाउदै रोहितले तिलकरत्ने दिलशानको बराबरी गरेका छन्। यो सुचीमा बिराट कोहली २५ शतक सहित पहिलो, सचिन तेन्दुलकर १७ शतक सहित दोश्रो र क्रिस गेल १२ शतक सहित तेश्रो स्थानमा रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने भारतीय – ४९ शतक – सचिन तेन्दुलकर , ४१ शतक बिराट कोहली, २३ शतक रोहित शर्मा, २२ शतक – सौरभ गांगुली, १६ शतक – शिखर धवन, १५ शतक – बिरेन्द्र सेहवाग, १४ शतक – युबराज सिंह, १२ शतक – राहुल द्रविड, ११ शतक – गौतम गम्भीर , ९ शतक – महेन्द्र सिंह धोनी





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]