कोहलीले वानडेमा ७५-८० शतक बनाउनेछन् – जाफर

भारतीय पुर्व क्रिकेटर वासिम जाफरले बिराट कोहलीले एकदिवसीय क्रिकेटमा ७५ देखि ८० शतक प्रहार गर्ने बताएका छन्।

हाल वेस्टइन्डिजसंग एकदिवसीय सिरिज खेल्न भारतीय टिम वेस्टइन्डिजमा रहेको छ। यस क्रममा दोश्रो एकदिवसीयमा कोहलीले ५ महिना देखिको शतकको खडेरी तोड्दै १२५ रनको इनिंग खेले र ४२ औं शतक समेत पुरा गरे। खेल भारतले ५९ रनले जित्यो।

कोहलीले अन्तिम पटक एकदिवसीयमा शतक मार्च २०१९ मा प्रहार गरेका थिए। यो वर्ष कोहलीको यो चौथो शतक हो। इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप २०१९ मा कोहलीले कुनै पनि शतक प्रहार गर्न सकेनन्। ५० बढी को औशतले ४४५ रन बनाएता पनि शतक नबनाउदा कोहलीमा दबाब बढेको थियो।

पुर्व भारतीय क्रिकेटर वासिम जाफर

जाफरले ट्वीटरमा आज पोस्ट गर्दै कोहलीले ७५-८० शतक पुरा गर्ने बताएका हुन्। उनले लेखेका छन् – “११ इनिंग्स पछि नर्मल सर्भिस जारि, बिराट कोहलीको अर्को अन्तर्राष्ट्रिय शतक। मेरो भविष्यवाणी अनुसार बिराट कोहलीले वानडेमा ७५-८० शतक बनाउनेछन्। #KingKohli”

४१ वर्षीय जाफरले भारतको लागि ३१ टेस्ट खेलेका थिए जुन क्रममा ५ शतक र ११ अर्धशतक मदतले १ हजार ९ सय ४४ रन बनाएका थिए। अन्तिम पटक उनले २००८ मा टेस्ट खेलेका थिए।

कोहलीको एकदिवसीयमा ४२ शतक रहेको छ जुन सचिन तेन्दुलकर पछि दोश्रो सर्वाधिक हो। सचिनको ४९ शतक रहेको छ। यही गतिमा कोहली अघि बढ्ने हो भने सचिनको रेकर्ड टुट्न धेरै समय लाग्नेछैन।

एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि र विश्वकै धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन्। सचिनले १९८९ देखि २०१२ सम्म भारतको लागि एकदिवसीय खेल्ने क्रममा ४६३ खेलमा १८ हजार ४ सय २६ रन बनाएका थिए जुन क्रममा ४९ शतक र ९६ अर्धशतक प्रहार गरेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने ब्याट्सम्यान :- सचिन तेन्दुलकर – ४९ शतक , बिराट कोहली – ४२ शतक , रिकी पोंटिंग – ३० शतक , सनथ जयसूर्या – २८ शतक , हसिम अमला र रोहित शर्मा – २७ शतक , एबी डी भिल्लियर्स, क्रिस गेल, कुमार साँगाकारा – २५ शतक

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा कोहली आठौँ स्थानमा रहेका छन्। सचिन पछि दोश्रो स्थानमा १४ हजार २ सय ३४ रन बनाएका श्रीलंकन ब्याट्सम्यान कुमार साँगाकारा रहेका छन्। रिकी पोंटिंग ( १३,७०४ ) तेश्रो, सनथ जयसूर्या ( १३,४३० ) चौथो, महेला जयवर्दने ( १२,६५० ) पाँचौ स्थानमा रहेका छन्। इन्जमाम उल हक ( ११,७३९ ) छैठौं, ज्याक कालिस ( ११,५७९) सातौँ स्थानमा छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान – सचिन तेन्दुलकर – १८,४२६ , कुमार साँगाकारा – १४,२३४ , रिकी पोंटिंग – १३,७०४ , सनथ जयसूर्या – १३,४३० , महेला जयवर्दने – १२,६५० , इन्जमाम उल हक – ११,७३९ , ज्याक कालिस – ११,५७९ , बिराट कोहली – ११,४०६, सौरभ गांगुली – ११,३६३

टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलमा ६ हजार ६ सय १३ रन बनाएका छन् जुन क्रममा २५ शतक र ५० अर्धशतक बनाएका छन्। टि-२० मा शतक प्रहार गर्न नसकेका कोहलीले ७० खेलमा २ हजार ३ सय ६९ रन बनाएका छन्। टेस्टमा ५३.७६ , एकदिवसीयमा ५९.७१ र टि-२० मा ४९.३५ को औशतले कोहली रन बनाईरहेका छन्।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]