टी-२० आईबाट रोहित र विराटको सन्यास

काठमाडौं । टी-२० विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पुर्व कप्तान विराट कोहलीले टी-२० आईबाट सन्न्यासको घोषणा गरेका छन्।

‘यो मेरो अन्तिम खेल हो, फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने, ‘जति बेलादेखि मैले यो फर्म्याट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए ।’

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी-२० विश्वकप जितेको थियो। यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

उनले उपाधि टोलीका प्रशिक्षक राहुल द्रविडलाई समर्पित गरेको बताए । ‘उहाँले पछिल्लो २०/२५ वर्ष भारतीय क्रिकेटका लागि योगदान गर्नुभएको थियो। यो पाटो छुटेको थियो। उनका लागि हामीले यो सफलता दिलाउन सकेकोमा पुरै टोलीकातर्फ खुसी व्यक्त गर्दछु।,’

‘यो सन्न्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ,’ विराट कोहलीले घोषणा अघि भने, ‘यो भारतका लागि मेरो अन्तिम टी२० विश्वकप खेल थियो। हामी यसलाई हासिल गर्न चाहन्थ्यौं।’

कोहली यू-१९, ओडिआई र टी-२० तीनै विश्वकप तथा च्याम्पियन्स ट्रफि जित्ने एक मात्र खेलाडी हुन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy