टि-२० विश्वकप : कोहलीले बताए आफ्नो ब्याटिंग क्रम

युएई र ओमानमा जारी सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा भारतीय कप्तान बिराट कोहलीले आफ्नो ब्याटिंग क्रम घोषणा गरेका छन्। भारतले विश्वकपको सुपर-१२ चरणमा पाकिस्तानसंग अक्टोबर २४ तारिखमा खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।

विश्वकप अघि कोहलीले टिमको ब्याटिंग लाइन अपमा आफ्नो क्रम घोषणा गरेका छन्। केएल राहुल र रोहित शर्माले ओपनिंग सम्हाल्दा कोहली तेश्रो नम्बरमा ब्याटिंग गर्नेछन्। “आईपीएल अघि कुराहरु फरक थिए। तर अब केएल राहुल भन्दा पर सोच्न सकिन्न। रोहित विश्वस्तरीय खेलाडी हुन् र अगाडी खेल्ने गर्छन्। म तेश्रो नम्बरमा ब्याटिंग गर्नेछु। म हाल त्यति भन्न सक्छु।” कोहलीले इंग्ल्यान्डसंग पहिलो अभ्यास खेलको क्रममा बताएका हुन्।

केएल राहुल आईपीएल २०२१ को तेश्रो सर्वाधिक रनकर्ता हुन् जसले ६२८ रन बनाउने क्रममा प्रतियोगिताकै सर्वाधिक ३० छक्का प्रहार गरेका थिए। उत्कृस्ट लयमा नरहेका रोहित शर्माले ३८१ रन बनाएका थिए।

“हामि पहिलो खेल अघि रणनीतिबारे लगभग तयार भैसकेका छौ। त्यसैले अभ्यास खेलमा सक्दो सबै खेलाडीहरुलाई मौका दिन चाहन्छौं। हामि प्रतियोगिता अघि लय पाउन चाहन्छौं। हामीले आईपीएलमा फरक टिमको लागि खेलेका थियौं।” कोहिले बताए।

टि-२० विश्वकपमा भारतीय टिम : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी ( रिजर्भ खेलाडी – श्रेयस ऐयर, दिपक चाहर, अक्षर पटेल )

युएई र ओमानमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा भारत सुपर -१२ चरण अन्तर्गत समुह २ मा छ। समुह २ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान तथा समुह चरणबाट पुग्ने दुई टोलि हुनेछन्। भारतले आफ्नो पहिलो खेल पाकिस्तानसंग अक्टोबर २४ तारिखमा तथा इंग्ल्यान्डले अक्टोबर २७ तारिखमा समुह चरण अन्तर्गत समुह ‘बि’को दोश्रो स्थानमा रहने टिमसंग खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy