कोहली बने एक दिवसीय वरियतामा ९०० रेटिंग पाउने पहिलो भारतीय ब्याट्सम्यान

  • विकेटनेपाल – ८ फाल्गुन, मंगलवार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले दक्षिण अफ्रिका र भारत तथा जिम्बावे र अफगानिस्तान बिरुद्दको एक दिवसीय शृंखलाको अन्त्यसंगै एक दिवसीय बरियता सार्वजनिक गरेको छ।

आइसीसीले सार्वजनिक गरेको एक दिवसीय ब्याट्सम्यानको बरियतामा भारतीय कप्तान बिराट कोहलीले शिर्ष स्थान आफ्नो नाम कायम गरेका छन्। शिर्ष स्थानमा रहेका कोहलीको ९०९ रेटिंग रहेको छ। यस्तै दोस्रो स्थानमा एबी डी भिलियर्स (दक्षिण अफ्रिका) र तेस्रो स्थानमा डेभिड वार्नर (अस्ट्रेलिया) कायम रहंदा एक स्थान माथि चड्दै बाबर अजाम (पाकिस्तान) चौथो स्थानमा उक्लिएका छन्। पाँचौं स्थानमा भने एक स्थान सुधार गरेका जोए रुट (इंग्ल्याण्ड) रहेका छन्।

एक दिवसीय ब्याट्सम्यान बरियता :

स्थान (+/-) खेलाडी देश  रेटिंग अंक औसत 
   १ ( – ) बिराट कोहली भारत  ९०९  ५८.१०
   २ ( – ) एबी डी भिलियर्स दक्षिण अफ्रिका  ८४४  ५३.५०
   ३ ( – ) डेभिड वार्नर अस्ट्रेलिया  ८२३  ४३.४३
   ४ (+१) बाबर अजाम पाकिस्तान  ८१३  ५१.११
   ५ (+१) जोए रुट इंग्ल्याण्ड  ८०८  ५०.९१

यसैबीच एक दिवसीय बरियतामा शिर्ष स्थानमा रहेका रहेका बिराट कोहली ९०० रेटिंग प्राप्त गर्ने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्। यसअघि सचिन तेन्दुलकरको नाममा रहेको ८८७ अंकको रेटिंग भारतीय ब्याट्सम्यानले एक दिवसीय बरियतामा प्राप्त गरेको सर्वाधिक रेटिंग थियो। सचिनलाई पछि छाड्दै कोहलीले  सन् २०१६ को अक्टोबरमा ८८९  रेटिंग प्राप्त गरेका थिए। अहिले भने आफ्नै रेटिंगमा सुधार गर्दै कोहलीले यो उचाई हाँसिल गरेका हुन्।

बिराट कोहली

सबै समयमा ९०० रेटिंग प्राप्त गर्ने कोहली १२ औं ब्याट्सम्यान हुन्। यसअघि सर भिभीयन रिचर्ड्स, जाहिर अभ्भास, ग्रेग च्यापल, डेभिड गावर, डीन जोन्स, जावेद मियादाद, ब्रायन लारा, एबी डी भिलियर्स, हाशिम अमला, ग्यारी क्रिस्टन र डेस्म्नड हेन्सले ९०० रेटिंग प्राप्त गरेका थिए। दक्षिण अफ्रिका बिरुद्दको ६ एक दिवसीय खेलको शृंखलामा कुल ५५८ रन जोडेका कोहली, सबै समयको एक दिवसीय ब्याट्सम्यान बरियतामा सातौँ स्थानमा उक्लिएका छन्।

यता एक दिवसीय बलर तर्फको बरियतामा भने रासिद खान(अफगानिस्तान) ८ स्थान र जस्प्रित बुम्राह (भारत) २ स्थान सुधार गर्दै संयुक्त रुपमा पहिलो स्थानमा उक्लिएका छन्। यस्तै ट्रेन्ट बोल्ट(न्युजील्याण्ड) तेस्रो, जस् हेजल्वुड(अस्ट्रेलिया) चौथो र हसन अलि (पाकिस्तान) पाँचौ स्थानमा रहेका छन्।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]