इन्डियन प्रिमियर लिग अन्तर्गत ३५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।
कोलकाताको घरेलु मैदान इडन गार्डेनमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २१३ रनको योगफल तयार गरेको छ।
कोहलीको शतक
टस हारेर ब्याटिंग गर्ने क्रममा बैंगलोरको सुरुवात राम्रो हुन सकेन। पार्थिब पटेल ११ र अक्षदिप सिंह १३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि कप्तान बिराट कोहली र मोइन ९० रनको सहेदारी गर्दै बैंगलोरको इनिंग उकासे। विस्फोटक ब्याटिंग गरेका अलिले ६ छक्का र ५ चौका मदतले २८ बलमा ६६ रन बनाए।
चौथो विकेटको लागि कोहली र मार्कस स्टोइनिशले ६४ रनको साझेदारी गर्दै टिमको योगफल २०० पार गराए।
कोहली इनिंगको अन्तिम बलमा आउट भए जस अघि आईपीएल करियरमा पाँचौ शतक प्रहार गरे। १०० रन बनाउने क्रममा कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। स्टोइनिसले १७ रन ( ८ बलमा २ चौका र १ छक्का ) प्रहार गरे।
बैंगलोरले अन्तिम ५ ओभरमा मात्रै ९३ रन बनायो।
कोलकाताको बलिङ्गमा ह्यारी गुर्ने ( ४-०-४२-१ ) , सुनिल नारायण ( ४-०-३२-१ ) , आन्द्रे रसेल ( ३-०-१७-१ ) र कुलदिप यादब ( ४-०-५९-१ ) ले १/१ विकेट लिए।
कोहलीले आईपीएलमा आज सहित कुल ५ शतक प्रहार गरेका छन्। ४ वटा शतक उनले सन् २०१६ आईपीएलमा प्रहार गरेका थिए।
आईपीएल इतिहासमा हालसम्म ५७ वटा शतक प्रहार भएका छन् जसमध्ये किर्स गेलले सर्वाधिक ६ पटक शतक बनाएका छन्। ५ शतक सहित कोहली दोश्रो नम्बरमा छन् भने डेभिड वार्नर र शेन वाटसन ४ शतक सहित तेश्रो स्थानमा छन्। एबि डी भिल्लीयर्सले ३ शतक बनाएका छन्।
यस अघि कोहलीको आईपीएलमा शतक
१०० रन* ( ६३ बल, ११ चौका र १ छक्का ) –
बिरुद्ध गुजरात लायन्स ( २०१६ आईपीएल )
१०८ रन* ( ५८ बल , ८ चौका र ७ छक्का ) –
बिरुद्ध राइजिङ्ग पुने सुपर जायन्ट ( २०१६ आईपीएल )
१०९ रन ( ५५ बल, ५ चौका र ८ छक्का )
बिरुद्ध गुजरात लायन्स ( २०१६ आईपीएल )
११३ रन ( ५० बलमा १२ चौका र ८ छक्का )
बिरुद्ध किंग्स-११ पन्जाब ( सन् २०१६ आईपीएल )
फोटोहरुमा हेर्नुस कोहलीको शतक सेलेब्रेसन