कोहलीको आक्रामक शतक तथा ठाकुरको बलिंगले भारतको बिशाल जित

  • विकेटनेपाल, फाल्गुन ४ – शुक्रबार 

कप्तान बिराट कोहलीले ३५ औं एकदिवसीय शतक प्रहार गरेपछि भारतले छैठौं एकदिवसीयमा दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गरेको छ। जितसंगै भारतले ६ एकदिवसीयको सिरिज ५/१ ले आफ्नो नाम गर्यो। यस अघि सम्पन्न टेस्ट शृंखला भने दक्षिण अफ्रीकाले २/१ ले जितेको थियो।

दक्षिण अफ्रीकाले पहिले ब्याटिंग गर्दै दिएको २०५ रनको लक्ष्य पछ्याउन भारतले ३२.१ ओभर मात्रै लगायो। ओपनर रोहित शर्मा १५ तथा शिखर धवन १८ रन बनाएर आउट भएपछि बिराट कोहली र अजिंके रहानेले तेश्रो विकेटको लागि १२६ रनको साझेदारी गर्दै भारतलाई जितसम्म पुर्याए।

एकदिवसीय करियरको ३५ औं शतक प्रहार गर्ने क्रममा कोहलीले अविजित १२९ रन बनाए। ९६ बल खेलेका कोहलीले १९ चौका र २ छक्का प्रहार गरे। वानडे सिरिजमा दक्षिण अफ्रीका बिरुद्ध कोहलीको यो तेश्रो शतक हो। यस अघि कोहलीले पहिलो एकदिवसीयमा ११२ रन तथा तेश्रो एकदिवसीयमा अविजित १६० रन बनाएका थिए। कोहलीनै खेलको प्लेयर अफ द म्याच चुनिए।

टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ४६.५ ओभरमा सबै विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो। खेल जीवनको दोश्रो एकदिवसीय तथा सिरिजमा पहिलो खेल खेल्ने क्रममा दायाँहाते मिडियम पेस बलर शार्दुल ठाकुर एक्लैले दक्षिण अफ्रीकाको ४ विकेट ( ८.५-०-५२-४ ) हात पारे भने जस्प्रित बुम्रा ( ८-१-२४-२ ) र युजबेन्द्र चाहलले ( १०-०-३८-२ ) समान २/२ विकेट हात पारे। हार्दिक पान्ड्या र कुलदिप यादबले पनि १/१ विकेट लिए।

शार्दुल ठाकुर

घरेलु टिमको लागि करियरको दोश्रो एकदिवसीय खेल्ने क्रममा खाया जोन्डोले सर्बाधिक ५४ रन बनाए। ७४ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। अफ्रीकाको लागि एन्डीले फेलुक्वायोले ३४,  एबि डी भिल्लर्सले ३०, एडेन मारक्रमले २४ रन योगदान दिए।

६ वटा खेल र नतिजा 

पहिलो वानडे – भारत ६ विकेटले बिजयी
दोश्रो वानडे – भारत ९ विकेटले बिजयी
तेश्रो वानडे – भारत १२४ रनले बिजयी
चौथो वानडे – दक्षिण अफ्रीका ५ विकेटले बिजयी
पाँचौ वानडे – भारत ७३ रनले बिजयी
छैठौं वानडे – भारत ८ विकेटले बिजयी

( फोटो – बिसीसीआई )





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]