विराट कोहलीलाई आइसीसीको कारवाही

भारतीय टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसीसी ) ले कारवाही गरेको छ। जारी विश्वकप क्रिकेट अन्तर्गत शनिवार सम्पन्न अफगानिस्तान बिरुद्धको खेलका क्रममा नियम तोडेको आरोपमा कोहली कार्वाहीमा परेका हुन्।

अफगानिस्तान बिरुद्धको खेलका क्रममा धेरै अपिल गरेको भन्दै कोहलीलाई आइसीसीले कारवाही गरेको हो। आइसीसीको लेभल १ नियम अनुसार कुनै खेलाडीले खेलका दौरान अत्यधिक अपिल गरेमा उसलाई कार्वाही गर्ने गरिन्छ। कोहलीले अब आफ्नो म्याच फि को  २५% रकम जरिवाना स्वरूप आइसीसीलाई बुझाउनु पर्नेछ।

कोहलीलाई खेलको २९ औं ओभरमा जबर्जस्ति एलबिडब्ल्युको अपिल गरेको र अम्पाएर अलिम दारतर्फ औला इंकित गरेको भन्दै कार्वाही गरेको म्याच रेफ्री क्रिस ब्रोडले जनाएका छन्। कोहलीले पनि आफ्नो गल्ति स्वीकारिसकेका छन्।

जरिवानासंगै कोहलीले आफ्नो अनुशासन रेकर्डमा १ डिमेरिट अंक समेत प्राप्त गरेका छन्। यसअघि सन् २०१८ मा दक्षिण अफ्रिकासँगको टेस्ट सिरिजको दौरान समेत १ डिमेरिट अंक प्राप्त गरेका थिए। कुनै खेलाडीले २४ महिना भित्रको समयमा कुल ४ डिमेरिट अंक प्राप्त गरेमा १ टेस्ट वा २ एक दिवसीय अन्तर्राष्ट्रिय वा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाईन्छ।

अत्यन्त रोमान्चक खेलमा शनिवार अफगानिस्तानलाई ११ रनले पराजित गर्दै भारतले आईसीसी विश्वकपमा चौथो जित दर्ता गरेको थियो।

भारतले पहिले ब्याटिंग गर्दै बनाएको २२४ रनको जवाफमा ब्याटिंग गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाउदा भारतले कठिन जित हाँसिल गरेको थियो।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]