‘बैंगलोर टिम २०१६ पछिको सबैभन्दा सन्तुलित’- कोहली

१३ औं संस्करणको आईपिएल नजिकिदै गर्दा बिराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर लिगको पहिलो संस्करण २००८ देखि आईपिएल उपाधी जितको खोजिमा रहेको छ। प्रत्येक सिजन कोहली, एबि डी भिल्लीयर्स, क्रिस गेल, शेन वाटसन, केएल राहुल जस्ता स्टार खेलाडीहरु सम्मिलित रहेता पनि बैंगलोर निर्णायक मोडमा चुक्ने गर्छ। ठूला खेलाडीहरु टिममा हुनुका बाबजुद पछिल्लो सिजनहरुमा अंकतालिकाको पुछारतिर रहंदा बैंगलोरको मजाक उडाइने गरिन्छ। तिन पटक ( २००९ , ०११ र ०१६ ) उपाधी जित्न एक कदम पर पुगेको बैंगलोरले पछिल्लो पटक २०१६ मा  फाइनलमा सनराइजर्स हैदरावादसंग पराजित भएको थियो।

आईपिएल नजिकिदै गर्दा आरसिबी पहिलो उपाधी जित्ने दाउमा रहनेछ। टिममा नयाँ खेलाडीहरुलाई भित्र्याएपछि नयाँ आकार लिएको छ जसपछि विश्लेषकहरुको आंकलन अनुसार यो सिजन आरसिबी निकै सन्तुलित देखिन्छ। टिम कप्तान कोहली पनि टिम सन्तुलनले खुसि देखिएका छन्। टिममा अलराउण्डरहरु भरपुर भएकाले कोहली पहिलो उपाधि जित्नेमा आशावादी देखिएका छन् –

‘म सहमत छु त्यो कुरामा ( अल-राउण्डर भरिएको टिम )। क्रिस मोरिसलाई टिममा भित्र्याउनुको प्रमुख कारण पनि त्यही हो। उनको आगमनले टिममा अनुभव पनि ल्याउछ। हामिले यो सिजन अनुबन्ध गरेका युवा खेलाडीहरु पनि उत्साहजनक छन्। आरोन फिन्च जस्ता अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका खेलाडी सहित उदयमान प्रतिभाशाली खेलाडी जोश फिलिप्पे पनि छन्।”

‘हाम्रो टिममा टि-२० मा आवस्यक शिप भएका खेलाडी तथा युवा खेलाडीहरुको सन्तुलन रहेको छ जो दिईएको जिम्मेवारी पुरा गर्न उत्साहित छन्।”

टिममा मोइन अलि, वासिंगटन सुन्दर, क्रिस मोरिस, पवन नेगी, शिभम दुबे, पवन देश पान्डे, शाहबाज एहमद र इशुरु उदाना जस्ता अल-राउण्डरहरु रहेका छन्। कप्तान कोहली, आरोन फिन्च, एबि डी भिल्लीयर्स, पार्थिब पटेल, जोश फिलिप्पे जस्ता ब्याट्सम्यानहरु रहेका छन् भने बलिंगमा युज्भेंद्र चाहल, नभदिप सैनी, डेल स्टेन, उमेश यादव, एडम जाम्पाको उपस्थिति रहेको छ।

‘इमान्दारीपूर्वक भन्दा २०१६ को टिम सबैभन्दा उत्कृस्ट टिम थियो, त्यसपछि अहिलेको टिम सबैभन्दा सन्तुलित टिम महसुस गरेको छु, जुन तरिकाले हामि अघि बढी रहेका छौँ। अब हामीले मैदानमा प्रदर्शन देखाउन मात्र बाँकि रहेको छ।”

१३ औं सिजनको आईपिएल सेप्टेम्बर १९ बाट युएईमा सुरु हुदैछ जसका लागि आरसिबी अन्तिम अभ्यासमा व्यस्त छ। टिमले यो सिजनको पहिलो खेलमा २०१६ को आईपिएल फाइनलमा पराजित भएको सनराइजर्स हैदराबादको सामना गर्नेछ। सन्तुलित टिम दावी गरिएतापनि यो सिजन टिमले उपाधि जित्न सक्नेछ या छैन हेर्न रोचक हुनेछ।

रोयल च्यालेन्जर्स बैंगलोर टिम :- बिराट कोहली ( कप्तान ), एबी डिभीलियर्स, देवदत्त पडिकल, पार्थिव पटेल, गुरकीरत सिंह, मोइन अली, पवन नेगी, वासिंगटन सुन्दर, सिभम दुबे, मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव, युज्भेंद्र चाहल, क्रिस मोरिस, पवन देशपांडे, आरोन फिंच, जोशुवा फिलीपे, शाहबाज अहमद, केन रिचर्डसन, डेल स्टेन र इसुरु उदाना।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/t20i-rank-dawid-malan-no-1/

https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/

https://wicketnepal.com/2nd-low-total-cpl-history-w20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]