कोहली र क्रुनलको प्रदर्शनमा भारतको जित

  • विकेटनेपाल, मङ्सिर-९ 

अस्ट्रेलियालाई तेश्रो टि-२० मा पराजित गर्दै भारतले ३ टि-२० खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ। यस अघि सम्पन्न पहिलो टि-२० मा अस्ट्रेलिया ४ रनले विजयी भएको थियो भने दोश्रो टि-२० वर्षाको कारण पुरा हुन पाएको थिएन।

क्रुनलको उत्कृस्ट बलिङ्ग 

सिड्नीमा भएको खेलमा टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले पहिलो इनिंगमा ६ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।

ओपनर ड्यार्सी सर्ट र आरोन फिंचले पहिलो विकेटको लागि ६८ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए। कुलदिप यादबले फिंच ( २८ रन ) को विकेट लिएपछि सर्ट पनि ३३ रन बनाएर क्रुनल पान्ड्याको बलमा आउट हुँदा अस्ट्रेलियाको विकेट पतन सुरु भएको थियो।

क्रुनलले म्याक्स्वेल ( १३ ) , बेन म्याकडरमट ( ० ) , एल्स्क्स केरे ( २७ ) को विकेट लिएका थिए ६८/१ को अवस्थाबाट अस्ट्रेलिया ९०/४ खराब स्थितिमा पुगेको थियो। तल्लो क्रममा ,मार्कस स्टोइनिस र नाथन नाइलले सातौँ विकेटको लागि ३३ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई राम्रो अवस्थामा पुर्याएका थिए।  स्टोइनिसले २५ रन ( १५ बल, ३ चौका ) तथा नाइलले १३ रन ( ७ बल, २ चौका ) बनाए।

क्रुनल पान्ड्याले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने कुलदिप यादबले १ विकेट ( ४-०-१९-१ ) लिए।  क्रुनल पान्ड्या अस्ट्रेलियामा कुनै पनि टि-२० अन्तर्राष्ट्रियमा ४ विकेट लिने पहिलो स्पिनर पनि बनेका छन्।

कोहलीको कप्तानी इनिंगमा भारतको जित 

भारतलाई जित दिलाउन कप्तान बिराट कोहलीले अविजित ६१ रन बनाएर महत्वपूर्ण योगदान दिए।

अन्तिम ओभरमा भारतलाई जित्न ५ रन आवस्यक रहेको बेला कोहलीले एन्ड्रु टाईको तेश्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए। ४१ बलमा कोहलीले ४ चौका र २ छक्का प्रहार गर्दै अस्ट्रेलियको टि-२० सिरिज जित्ने चाहना समाप्त गरे।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा  भारतले राम्रो सुरुवात गरेको थियो। ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि ६७ रन बनाए। आक्रमक ब्याटिंग गरेका धवनले मात्र २२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै  ४१ रन बनाएर विकेट गुमाए पछि भने भारतले लगातार विकेट गुमाएको थियो।

६७ रनमा धवनको विकेट गुमाएको भारतले रोहित शर्मा ( २३ ) , केएल राहुल ( १४ ) र रिशभ पन्त ( ० ) लाई लगातार गुमायो। १३.१ ओभरमा १०८/४ को अवस्थामा पुगेको भारतलाई दिनेश कार्तिक र कप्तान कोहलीले पाँचौ विकेटको लागि ६० रनको साझेदारी गर्दै जितसम्म लागेका थिए।

अस्ट्रेलियाको लागि मिचेल स्टार्क, एडम जाम्पा, ग्लेन म्याक्सवेल र एन्ड्रु टाईले समान १ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच क्रुनल पान्ड्या तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडी शिखर धवन घोषित भए।

दुई टिम बीच डिसेम्बर १० देखि ४ वटा टेस्टको सिरिज सुरु हुनेछ भने जनवरी १२ देखि ३ एकदिवसीय सिरिज सुरु हुनेछ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]