आईपीएल २०२१ पछि कोहलीले बैंगलोरको कप्तानी छाड्ने

२०७८ आश्विन ३, आईतवार २३:२४

इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२१ पछि बिराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने भएका छन्। कोहलीले भर्खरै ओमान र युएईमा संयुक्तरुपमा आयोजना हुने आगामी टि-ट्वान्टी विश्वकप पछि भारतको टि-२० टिमको कप्तानी समेत छाड्ने घोषणा गरेका थिए।

सन् २०१३ मा ड्यानियल भिटोरीपछि बैंगलोरको कप्तानी सम्हालेका कोहलीले ९ सिजन टिमको कप्तानी सम्हाले। यस क्रममा बैंगलोरले १३२ खेल खेल्दा ६२ खेलमा जित दर्ता गर्यो भने ६६ खेलमा हार बेहोर्न पुग्यो र ४ खेल नतिजाविहिन रह्यो। सन् २०१६ मा बैगलोर उपविजेता हुनुनै कोहली कप्तानीको ठूलो उपलब्धि रह्यो। फाइनलमा सनराइजर्स हैदरावादसंग ८ रनले पराजित हुँदा बैंगलोर पहिलो उपाधि जित्न चुक्न पुगेको थियो।

“बैंगलोरको कप्तानी गर्नु र प्रतिभावान खेलाडीहरुको नेतृत्व गर्नु गजबको यात्रा थियो।” बिराटले बताए। “यो अवसरमा म आरसीबि टिम, व्यवस्थापन, प्रशिक्षक, सपोर्ट स्टाफ, खेलाडी र समस्त आरसीबि परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु जो मरो यात्राको अहम हिस्सा थिए। यो निर्णय लिनु मरो लागि सहज थिएन। आरसीबि परिवार मेरो हृदयको नजिक छ र उत्कृस्टता प्रदान गर्न यात्रा जारि रहनेछ। मैले पहिलेनै अवगत गराइसकेको छु कि म सन्यास नलिएसम्म आरसीबिबाटै खेलीरहनेछु” कोहलीले बताएका छन्।

आईपीएल २०२१ को दोश्रो फेजमा बैंगलोरले पहिलो खेल सेप्टेम्बर २० तारिखमा कोलकाता नाइट राइडर्स बिरुद्ध खेल्दै गर्नेछ। लिग अंकतालिकामा बैंगलोर हाल ७ खेलमा १० अंक सहित तेश्रो स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy