विश्वकप अघि कोहलीको मैनको पुतला अनावरण

आईसीसी क्रिकेट विश्वकप अघि विश्व प्रसिद्ध म्युसियम ‘म्याडम तुसाद’ ले भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीको मैनको पुतला लर्ड्स मैदानमा अनावरण गरेको छ।

विश्व क्रिकेटका वर्तमान उत्कृस्ट ब्याट्सम्यान कोहलीको मैनको पुत्ला आज देखि १५ जुलाईसम्म प्रदर्शन गरिनेछ।

लर्ड्स क्रिकेट मैदानमा पहिलो पटक प्रदर्शन गरिएको पुतलामा कोहली भारतीय अधिकारिक पोशाकमा सजिएका छन्। कोहली आफैले पुतला सार्वजनिक गरेका हुन्। पुतलामा कोहलीले लगाएको जर्सी , जुत्ता र ग्लोभ्स कोहली आफैले डोनेट गरेका हुन्।

‘म्याडम तुसाद’ मा विश्व भरका बिभिन्न प्रसिद्ध व्यक्तित्वहरुको मैनको पुतला राख्ने गरिन्छ। कोहली अघि सचिन तेन्दुलकरको पुतला पनि म्युसियममा रहेको छ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy