कोहलीको नयाँ वर्ल्डरेकर्ड, ११,००० रन पुरा

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत भारत र पाकिस्तान बीच जारि खेलमा भारतीय कप्तान बिराट कोहलीले नयाँ विश्वकिर्तिमान कायम गरेका छन्।

पाकिस्तानसंग टस हारेर ब्याटिंग गर्ने क्रममा तेश्रो नम्बरमा ब्याटिंग गरेका कोहलीले व्यक्तिगत ५७ रन बनाए संगै एकदिवसीय अन्तर्राष्ट्रियमा ११,००० रन पुरा गरेका हुन्।

११,००० रन पुरा गरे कोहली विश्वकै सबैभन्दा छिटो ब्याट्सम्यान बनेका छन्। कोहलीले मात्र २२२ इनिंगमा उक्त रन पुरा गरेका हुन् जुन दोश्रो नम्बरमा रहेका सचिन तेन्दुलकर भन्दा निकै छिटो हो।

सचिन तेन्दुलकरले सन् २००२ जनवरीमा इंग्ल्याण्डसंग ११,००० रन पुरा गर्ने क्रममा २७६ इनिंग खेलेका थिए। १७ वर्ष पछि कोहलीले यो रेकर्ड तोडेका हुन।

कोहलीले गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसंग एकदिवसीय अन्तर्राष्ट्रियमा १०,००० रन पुरा गरेका थिए। सो क्रममा पनि उनले सचिन सबै भन्दा छिटो १०,००० रन बनाउने ब्याट्सम्यानको रेकर्ड तोड्दै २०५ इनिंगमा उक्त रन बनाएका थिए।

११,००० रन पुरा गर्ने कोहली विश्वकै नवौं खेलाडी तथा तेश्रो भारतीय खेलाडी समेत हुन। भारतीय ब्याट्सम्यान मध्ये यस अघि सचिन तेन्दुलकर र सौरभ गांगुलीले मात्र ११,००० रन पुरा गरेका थिए।

११,००० रन पुरा गर्ने ब्याट्सम्यान मध्ये कोहली ( २२२ इनिंग ) पछि सचिन ( २७६ इनिंग ), तेश्रो छिटो रिकी पोंटिंग ( २८६ इनिंग ) छन्। यस्तै चौथो छिटो सौरभ गांगुली ( २८८ इनिंग ) पाँचौ छिटो ज्याक कालिस ( २९३ इनिंग ) रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा १४ जना ब्याट्सम्यानले मात्र १०,००० रन माथि बनाएका छन्। सबैभन्दा धेरै सचिन तेन्दुलकरले १८,४२६ , कुमार संगाकाराले १४,२३४, रिकी पोंटिंगले १३,७०४, सनथ जयसुर्यले १३,४३०, महेला जयवर्द्धनेले १२,६५०, इन्जमाम उल हकले ११,७३९, ज्याक कालिसले ११,५७९, सौरभ गांगुलीले ११,३६३, बिराट कोहलीले ११,०००+, राहुल द्रविडले १०,८८९, महेन्द्र सिंह धोनीले १०,५६१, ब्रायन लाराले १०,४०५, तिलकरत्ने दिल्सानले १०,२९० तथा क्रिस गेलले १०,२५८ रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियको वरियतामा पहिलो स्थानमा रहेका कोहलीले सन् २००८ मा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए। यस क्रममा दायाँ हाते ब्याट्सम्यानले ४१ शतक र ५० अर्धशतक प्रहार गरिसकेका छन्।

सचिन तेन्दुलकर पछि एकदिवसीयमा धेरै शतक बनाउने रेकर्ड पनि कोहलीकै नाममा रहेको छ। सचिनले ४९ शतक बनाएका थिए भने कोहली उनको रेकर्ड तोड्न अब मात्र ९ शतक टाढा रहेका छन्। ५० शतक बनाउने पहिलो ब्याट्सम्यान बन्ने समेत कोहलीको सम्भावना रहेको छ। कोहली पछि धेरै शतक बनाउनेमा तेश्रो नम्बरमा रहेका रिकी पोंटिंगको ३० शतक रहेको छ।

टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलमा २५ शतक मदतले ६६१३ रन बनाईसकेका छन्। टि-२० अन्तर्राष्ट्रियमा उनले ६७ खेलमा २२६३ रन बनाएका छन् जसमा शतक सामेल छैन। क्रिकेटको ३ वटै फर्म्याटमा कोहलीको ब्याटिंग औशत ५० भन्दा बढी रहेको छ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]