विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहली दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्ली क्यापिटल्स बिरुद्ध टसको लागि मैदान प्रवेश गर्ने क्रममा नयाँ विश्वकीर्तिमान बनाएका छन्। कोहली टि-२० क्रिकेटमा एकै टिमको लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन्।

रोयल च्यालेन्जर्स बैंगलोरको लागि १९७ औं खेल खेलीरहेका कोहली बाहेक अरुले एकै टिमको लागि यति धेरै टि-२० खेलेका छैनन्। रेकर्ड बनाउने क्रममा कोहलीले इंग्ल्यान्डको समरसेट क्लबको लागि १९६ टि-२० खेलेका जेम्स हिल्डर्थलाई पछि पारेका हुन्। कोहली र हिल्डर्थ पछि नटिंन्घमसहायरको लागि समित पटेलले र महेन्द्र सिंह धोनीले चेन्नाईको लागि तेश्रो धेरै समान १८९ खेल खेलेका छन्।

यस्तै कोहलीले दिल्ली बिरुद्ध १० रन पुरा गरेसंगै अर्को ठूलो कीर्तिमान पनि बनाएका छन्। उनि टि-२० क्रिकेटमा भारतको लागि ९ हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। २००७ देखि टि-२० क्रिकेट खेलीरहेका कोहलीले २८६ खेलको २७० औं इनिंगमा उक्त रन बनाएका हुन्। यस क्रममा कोहलीले ५ शतक र ६५ अर्धशतक बनाएका छन्।

टि-२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्रिस गेल हुन्

कोहली पछि टि-२० मा धेरै रन बनाउने भारतीय खेलाडी रोहित शर्मा हुन् जसले ८,८१९ रन बनाएका छन्। तेश्रो धेरै सुरेश रैनाले ८,३९२ रन बनाएका छन्। कोहली टि२० मा धेरै रन बनाउने सूचीमा विश्वकै सातौँ नम्बरमा छन्।

टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्रिस गेल हुन् जसले ४०४ खेल खेल्दा १३ हजार २९६ रन बनाएका छन्। गेलले २२ अर्धशतक र ८२ अर्धशतक प्रहार गरेका छन्। काइरन पोलार्डले दोश्रो धेरै १०,३७० रन बनाएका छन्। शोयब मलिकले ९,९२६, ब्रेण्डन म्याकलमले ९,९२२, डेभिड वार्नरले ९,४५१, आरोन फिन्चले ९,१४८ रन बनाएका छन्।

कोहली आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन्। उनले १८२ औं खेल खेल्ने क्रममा ५ हजार ५ सय १६ रन ( समाचार तयार पार्दा सम्म ) बनाएका छन्। कोहली पछि दोश्रो धेरै सुरेश रैनाले ५,३६८, तेश्रो धेरै रोहित शर्माले ५,०७४ रन बनाएका छन्।

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर

घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो

IPL : ताजा अंकतालिका , पर्पल र अरेन्ज क्यापमा रोचक प्रतिस्पर्धा

“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर

पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]