“हामि सबै चुनौतीको लागि तयार छौँ” – कोहली

२०७६ जेष्ठ २१, मंगलवार २२:४९

भारत र दक्षिण अफ्रीका बीच आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत भोलि बुधबार खेल हुँदैछ।  खेल रोज बल साउथयाम्पटनमा नेपाली समय ३:१५ बजे दिउसो खेलिनेछ।

दक्षिण अफ्रीकाले प्रतियोगितामा तेश्रो खेल खेल्दैछ भने भारतले पहिलो खेल खेल्दैछ। दक्षिण अफ्रीकाले खेलेको दुवै खेलमा हार बेहोरेको थियो। इंग्ल्याण्डसंग १०४ रन तथा बंगलादेशसंग २१ रनले पराजित भएको दक्षिण अफ्रीका पहिलो जितको पर्खाइमा रहेको छ भने भारत जितको साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

खेल अघि आज भारतीय कप्तान बिराट कोहलीले पत्रकार सम्मेलनको दौरान आफ्नो टिम सन्तुलित रहेको बताएका छन्-

“हामि केहि दिन अघि देखि साउथयाम्पटनमा अभ्यास गरिरहेका छौँ त्यसैले यहाँ पहिले देखि रहनुको फाइदा मिल्नेछ। यहाँको परिस्थितिको हिसाबले हामीसंग सन्तुलित टिम छ”

केदार जाधवको फिटनेसको बारे बोल्दै कोहलीले उनि लगभग फिट भएको र नेटमा ब्याटिंग गरिरहेको बताए। टिम कम्बिनेसनको बारेमा बोल्दै कोहलीले भारतसंग फिंगर र रिस्ट स्पिनर रहेको तथा रबिन्द्र जडेजाले समेत राम्रो प्रदर्शन गरिरहेको हुँदा टिम चुन्न धेरै बिकल्प समेत रहेको बताए।

पहिलो खेलमा पिचको अवस्था कस्तो हुनेछ त्यो अनुसार अन्तिम-११ खेलाडी चुन्ने कोहलीले बताए-

“मेरो लागि यो विश्वकपमा भारतीय टिमको कप्तानी गर्नु गर्वको कुरा हो। यति ठुलो प्रतियोगिता खेल्नु ठुलो चुनौती हो। यो मेरो तेश्रो विश्वकप हो।”

“हाम्रो ड्रेसिंग रुमको माहोल राम्रो रहेको छ। युवा खेलाडीहरुले पनि आफ्नो कुरा राखीरहेका छन् जसको हामि सम्मान गर्छौं। आईपीएल पछि सबै खेलाडी एकसाथ् खेल्नेछन् र हामि सबै चुनौतीको लागि तयार छौँ”

दक्षिण अफ्रीकासंग शतक लगाउनु हुनेछ भन्ने प्रश्नमा कोहलीले आफुले राम्रो खेल्दा समर्थकहरुले त्यसको अपेक्षा गर्ने र त्यसलाई आफुले स्वीकार समेत गर्ने बताए।

“बिश्वकप कुनै पनि टिमको लागि चुनौती हो। तपाईले ९ वटा फरक टिमसंग खेल खेल्नु हुनेछ र सबै टिमसंग छुट्टै रणनीति बनाएर उत्रिनु पर्नेछ। लामो प्रतियोगितामा प्रत्येक पटक तपाईको अघि नयाँ टिम हुनेछ र त्यो दिन तपाईले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन गर्नुपर्छ”

बुधबार दक्षिणअफ्रीका र भारतको खेल वर्षाले प्रभावित हुने सम्भावना रहेको छ। मंगलबार समेत भारतले अभ्यास गर्दा पानी परेको थियो।

भारत र दक्सिन अफ्रीकाले विश्वकप क्रिकेटमा हालसम्म ४ खेल खेलेका छन् जसमा भारतले १ खेल मात्र जित्दा दक्षिण अफ्रीकाले ३ खेल जितेको छ। २०१५ को विश्वकपमा भारतले दक्षिण अफ्रीकालाई १३० रनले पराजित गरेको थियो। दक्षिण अफ्रिकाले ४ मध्ये सन् १९९२ मा ६ विकेटको, सन् १९९९ मा ४ विकेटको तथा सन् २०११ मा ३ विकेटको जित निकालेको थियो।

भारतीय टिम – विराट कोहली(कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी(विकेटकीपर), केदार जाधव, दिनेश कार्तिक, युजवेन्द्र चहल, कुलदीप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शामी

दक्षिण अफ्रिकी टिम : हाशिम अमला, क्विन्टन डीकक, फाफ डु प्लेसिस ( कप्तान ) , रस्सी भान डर दुस्सेन, जेपी डुमिनि, डेभिड मिलर, एन्डीले फेलुक्वायो, ड्वेन प्रिटोरिअस, कागीसो रबाडा, लुंगी एनगीडी, इमरान ताहिर, एडेन मारक्रम, ताब्रिज शाम्सी, क्रिस मोरिस, ब्युरन हेनड्रिक्स

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy