WTC FINAL : दबाबमा भारत, कोहली र रहाने सम्हालिदै

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको द रोज बल साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको दोश्रो दिनको चिया सत्रको खेल सकिंदा टस हारेर ब्याटिंग गरेको भारतले ५५.३ ओभरमा १२० रन बनाउदा ३ विकेट गुमाएको छ।

पहिलो सेसनमा ६९/२ को अवस्थाबाट दोश्रो सेसनमा भारतले चेतेश्वर पुजारालाई गुमाउन पुग्यो। पुजारा ५४ बलमा ८ रन बनाएर ट्रेन्ट बोल्टबाट एलबिडब्लु आउट हुन पुगे। यस अघि रोहित शर्मा ३४ तथा शुबमन गिल २८ रन बनाएर आउट भएका थिए।

चौथो विकेटको लागि कप्तान बिराट कोहली र अजिंके रहानेले ३२ रनको साझेदारी गर्दा खराब प्रकाशले खेल रोकिएपछि चिया सत्र घोषणा गरिएको हो। कोहली ९४ बलमा १ चौका मद्दतले ३५ रन तथा रहाने ५४ बलमा १ चौका मद्दतले १३ रनमा ब्याटिंग गरिरहेका छन्।

न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्ट ( ११-१-२९-१ ) , कायल जेमीसन ( १२-७-१४-१ ) र निल वाग्नर ( ९-३-१९-१ ) ले सन् १ विकेट लिएका छन्।

टेस्ट अन्तर्गत हिजो पहिलो दिनको खेल वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]