ब्राडम्यानको शतक गन्ती नजिक कोहली

भारतको वेस्टइन्डिज भ्रमण अन्तर्गत दोश्रो टेस्टको पहिलो इनिंग्समा भारतीय ब्याट्सम्यान बिराट कोहली शतक नजिक पुगेका छन्।

ट्रिनिडाड स्थित क्विन्स पार्क स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो दिनको समाप्तिमा ८४ ओभर ब्याटिंग गर्दै ४ विकेट क्षेतीमा २८८ रन बनाएको छ।

दिनको समाप्ति हुँदा बिराट कोहली २९ औं टेस्ट शतकबाट १३ रन मात्र टाढा छन्। उनले १६१ बल सामना गर्दा ८ चौका प्रहार गरेका छन्। रभीन्द्र जडेजा ३६ रनमा अविजित छन्।

शतक पुरा गरे कोहलीले न्युजिल्यान्डका केन विलियमसन, माइकल क्लार्क र हसिम आमला ( २८ शतक ) लाई पछि पार्दै अस्ट्रेलियन महान क्रिकेटर डन ब्राडम्यानको २९ शतकको बराबरी गर्ने छन्।

ओपनर यसस्वी जैसवाल र रोहित शर्माले १३९ रनको साझेदारी गर्दै भारतलै उत्कृस्ट सुरुवात दिलाएका थिए। ५४ रन बनाएका जैसवाललाई जेसन होल्डरले क्याच आउट पार्दै साझेदारी तोडे। त्यसपछि भारतले नियमित अन्तरलमा विकेट गुमायो। शुबमन गिल १० रन बनाएर केमार रोचबाट क्याच आउट भए। १४३ बलमा ९ चौका र २ छक्का मद्दतले ८० रन बनाएका रोहितलाई जोमेल वारीकानले बोल्ड गरे। अजिंके रहाने ८ रन बनाएर शानोन ग्याब्रीयलबाट बोल्ड भए।

पाँचौ विकेटको लागि कोहली र जडेजाले अविजित १०६ रनको साझेदारी गरिसकेका छन्।

वेस्टइन्डिजको लागि केमार रोच, शानोन ग्याब्रियल, जोमेल वारिकान र जेसन होल्डरले १/१ विकेट लिएका छन्।

सिरिज अन्तर्गत पहिलो टेस्टमा भारत इनिंग्स र १४१ रनले विजयी भएको थियो। जारि टेस्ट पछि दुई देशले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय र पाँचवटा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ।

टेस्ट क्रिकेटमा धेरै शतक 

५१ – सचिन तेन्दुलकर

४५ – ज्याक कालिस

४१ – रिकी पोन्टिंग

३८ – कुमार संगकारा

३६ – राहुल द्रविड

३४ – युनिस खान

३४ – सुनिल गावस्कर, ब्रायन लारा, महेला जयवर्धने

३३ – एलेस्टर कुक

३२ – स्टिभ स्मिथ, स्टिभ वा

३० – म्याथु हेडन, शिभनारायण चन्द्रपल

२९ – डन ब्राडम्यान

२८ – केन विलियमसन, बिराट कोहली, माइकल क्लार्क,  हसिम आमला





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]