ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना

बैंगलोर कप्तान बिराट कोहलीको लागि बिहिबार राति पन्जाब बिरुद्धको खेल धेरै कारणले बिर्संलायक रह्यो। खेलमा २ वटा क्याच छोडे त्यो पनि म्याचमा कीर्तिमानी शतक बनाएका पन्जाब कप्तान केएल राहुलको। कोहलीले क्याच मात्रै हैन म्याचनै छोडेको जस्तो देखिएको थियो। खेलमा बैंगलोर ९७ रनको विशाल अन्तरले पराजित हुन पुग्यो। त्यसपछि ब्याटिंगमा पनि लक्ष्य पछ्याउने क्रममा कोहली १ रनमा शेल्डन कटरेलबाट आउट हुन पुगे जसपछि बैंगलोर १७ ओभरमा १०९ रनमा समेटिन पुग्यो। ब्याटिंग, बलिंग र फिल्डिंग सबै क्षेत्रमा कोहलीको टिमको प्रदर्शन सोचे अनुरुप हुनसकेन। कोहलीको दिन त्यतिमा मात्रै सिमित रहेन।

कोहलीलाई ढिलो ओभर रेटका कारण आईपीएलले १२ लाख भारतीय रुपैयाँ ( १९ लाख २० हजार नेपाली ) जरिवाना गरेको छ। कोहलीले लिगको ओभर रेटको कोड अफ कण्डक्ट तोडेपछि कारवाही गरिएको हो।

“रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीलाई खेलमा ढिलो ओभर रेटका कारण जरिवाना गरिएको छ। कोहलीलाई १२ लाख भारतीय रुपैया जरिवाना गरिएको छ।” आईपीएलले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ। आईपीएलमा फिल्डिंग टिमका कप्तानले सामान्य अवस्थामा कम्तिमा १ घण्टा ३० मिनेटमा ( टाईम आउट सहित ) इनिंग समाप्ति गर्नु पर्छ।

खेलमा कोहली मात्र १ रन बनाएर आउट भएका थिए भने केएल राहुलको २ वटा क्याच छोडेका थिए

यदी दोश्रो पटक पनि कोहलीले लिगमा ढिलो ओभर रेट गरेको पाइएको खण्डमा जरिवाना दोब्बर अर्थात् २४ लाख भारु हुने नियम छ। दोश्रो पटक कप्तानलाई मात्र हैन खेलेका अन्य खेलाडीहरुको म्याच फिबाट २५ प्रतिशत काट्ने नियम रहेको छ। तेश्रो पटक ढिलो ओभर रेटमा कप्तानले ३० लाख भारु तिर्नुपर्नेछ र १ खेल समेत खेल्न नपाउने नियम छ।

खेलमा कोहलीले पन्जाब कप्तान राहुलको क्याच ८३ रन र ८९ रन बनाउदा छोडेका थिए। उक्त क्याच छोडेपछि राहुलले अविजित १३२ रन बनाए जसको मद्दतले पन्जाबले ३ विकेट गुमाएर २०६ रन बनाएको थियो।

कोहलीले क्याच छुटेको बारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिए – “म अघि आएर यसको परिणाम स्वीकार गर्छु, मेरो लागि अफिसमा खराब दिन थियो। राहुलको २ वटा क्याच छुट्दा ३५-४० रन बढी बन्यो। उनीहरुलाई १८० रनमा समेटेको भए हामि लक्ष्य पछ्याउने क्रममा पहिलो बल देखि दबाबमा हुने थिएनौ। हामीलाई थाहा छ हामिले कहाँ गल्ति गर्यौं र मैले हात उठाएर स्वीकार गर्नु पर्छ कि त्यो क्याच लिनुपर्थ्यो।” कोहलीले खेल पछि बताए।

लिगको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको बैंगलोर दोश्रो खेलमा हार पछि अंकतालिकाको छैठौं स्थानमा रहेको छ। उसले अब आगामी खेलमा सेप्टेम्बर २८ तारिख सोमबार मुम्बई इन्डीएन्ससंग प्रतिस्पर्धा गर्नेछ।

IPL M-7 : दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा, यस्तो छ सन्दिप खेल्ने सम्भावना

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

IPL : बैंगलोरलाई विशाल अन्तरले पराजित गर्दै, राहुल प्रेरित पन्जाब शिर्षमा

चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy