IPL : पुरानो धोनी फर्किएपछि कोहलीको ट्वीट ‘फर्किए राजा’

२०७८ आश्विन २५, सोमबार १०:०७

दिल्ली क्यापिटल्स बिरुद्ध आईपीएलको पहिलो क्वालिफायरमा मात्र ६ बलमा १८ रन बनाउदै दबाबमा चेन्नाई सुपर किंग्सलाई जित दिलाउदै फाइनल पुर्याए पछि धोनीको फ्यानहरुमा खुसिको सिमा छैन। रेकर्ड नवौं पटक चेन्नाई आईपीएल फाइनलमा टिमलाई पुर्याउने क्रममा अन्तिम ओभरमा १३ रन आवस्यक हुँदा धोनीले ३ चौका प्रहार गर्दै आफ्नो पुरानो दिन याद दिलाए।

धोनीको इनिंग्सबारे खेलपछि सबैले चर्चा गरेका छन् जसमा भारतीय र रोयल च्यालेन्जर्स बैंगलोर कप्तान बिराट कोहली पनि पछि परेनन्। धोनीको सदा समर्थक कोहलीले बारम्बार भनेका छन् कि कप्तानको भन्ने शब्द सुन्दा धोनीको नाम आफ्नो दिमागमा पहिला आउने गर्छ। धोनीको ६ बलमा १ छक्का र ३ चौकाको केमियो पछि कोहलीले ट्वीट गर्दै खुसि व्यक्त गरेका छन्। “फर्किए राजा” कोहलीले लेखेका छन्।

“र, फर्किए राजा, खेलको सबैभन्दा महान फिनिसर। पुनः मलाई सिटबाट उफ्रिन वाध्य बनायो।” कोहलीले खेल लगत्तै आफ्नो पूर्वकप्तानको तारिफमा ट्वीट गरेका छन्।


चेन्नाईलाई ११ बलमा जित्न २४ रन आवस्यक हुँदा धोनी क्रिजमा पुगेका थिए। ७० रन बनाएका गायकवाड आउट भएपछि पछिल्लो समय उत्कृस्ट लयमा नरहेका धोनी क्रिजमा पुग्दा दिल्लीले जित्ने सम्भावना प्रवल मानिएको थियो। तर दिल्लीको दुर्भाग्य, धोनीले विशेष ब्याटिंग गरे। पहिलो बलमा डट बल पछि धोनीले दोश्रो बलमा आभेस खानलाई छक्का प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा टम करनले मोईन अलिको विकेट लिएपछि ५ बलमा १३ रन आवस्यक रह्यो। धोनीले त्यसपछि लगातार ३ चौका प्रहार गर्दै जित दिलाए जसमा एउटा इनसाइड एज लागेको बाउन्ड्री समेत थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy