कोहलीको विकेट लिंदै बुम्राहले बनाए नयाँ कीर्तिमान

मुम्बई पेसर जस्प्रित बुम्राहले बुधबार बैंगलोर बिरुद्ध मुम्बईको जितमा अहम योगदान दिए। उनले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। यस क्रममा बुम्राहले आईपीएलमा १०० विकेट पुरा गरेका छन् भने टि-२० क्रिकेटमा २०० विकेट पुरा गर्ने पहिलो भारतीय फास्ट बलर बन्न सफल भएका छन्।

रोचक कुरा त के छ भने २६ वर्षीय फास्ट बलरले २०० औं विकेट संगै आईपीएलको १०० औं विकेट बैंगलोर कप्तान बिराट कोहलीको विकेट लिंदै पुरा गरेका हुन्। आईपीएलमा बुम्राहको पहिलो विकेट पनि कोहलीकोनै लिएका थिए।

बुम्राह आईपीएलमा १०० विकेट लिने समग्रमा १६ औं बलर तथा १३ औं भारतीय बलर बनेका छन्। २६ वर्ष ३७२ दिनम उनि यो कोसेढुङ्गा पार गर्दै तेश्रो कान्छा खेलाडी समेत बनेका छन्। पियुष चावलाले २६ वर्ष ११७ दिनमा १०० आईपीएल विकेट पुरा गर्दै सबैभन्दा छिटो बनेका थिए।


बुम्राह टि-२० क्रिकेटमा २ सय विकेट लिने ४१ औं बलर हुन् भने मात्र छैठौं भारतीय खेलाडी हुन्। यस अघि २ सय विकेट लिने सबै बलर दायाँ हाते स्पिनर हुन्। पियुष चावला ( २५७ विकेट ) , अमित मिश्रा ( २५६ विकेट ) , रभीचन्द्रन आश्विन ( २४४ विकेट ) , हरभजन सिंह ( २३५ विकेट ) , युजभेन्द्र चहल ( २०५ विकेट ) ले मात्र बुम्राह भन्दा बढी विकेट लिन सकेका छन्।

यस्तै बुम्राह एकै टिमको लागि १०० विकेट लिने दोश्रो फास्ट बलर तथा समग्रमा आठौँ बलर पनि बनेका छन्।

बुम्राहले आफ्नो पहिलो टि-२० २०१३ मा गुजरातबाट खेलेका थिए भने टि-२० अन्तर्राष्ट्रिय डेब्यु २०१६ मा अस्ट्रेलिया बिरुद्ध गरेका थिए। आईपीएलमा पनि बुम्राहले २०१३ मा बैंगलोर बिरुद्ध डेब्यु गरेका थिए।

आईपीएलमा पहिलो सिजन २०१३ मा ३ विकेट लिएका बुम्राहले २०१४ मा ५ विकेट, २०१५ मा ३ विकेट, २०१६ मा १५ विकेट, २०१७ मा २० विकेट, २०१८ मा १७ विकेट तथा २०१९ मा १९ विकेट लिएका थिए। यो सिजन २० विकेट लिईसकेका उनि सर्वाधिक विकेटकर्ताको सूचीमा दिल्लीका कागीसो रबाडा ( २३ विकेट ) पछि दोश्रो स्थानमा पन्जाब पेसर मोहम्मद शामीसंगै रहेका छन्।

यादव र बुम्राह चम्किदा मुम्बईद्वारा बैंगलोर ५ विकेटले पराजित

हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]