कोहली-विलियम्सनको सेमिफाइनल डेजा भू

  • विकेटनेपाल – २३ अषाढ, सोमबार 

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारि सन् २०१९ एक दिवसिय विश्वकपको सेमिफाइनल खेलहरु मंगलवारबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्दा दोस्रो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्।

विश्वकप सेमिफाइनल पुगेका टोलीका ४ कप्तान मध्ये केन विलियम्सन र विराट कोहली उमेरले दुई कान्छा कप्तान हुन्। अष्ट्रेलियन कप्तान एरन फिन्च र इंग्ल्याण्डका कप्तान ओएन मोर्गन उमेरले ३२ बर्ष पुगिसकेका छन्। उता कोहली ३० बर्ष पुरा गर्नै लाग्दा विलियम्सन भने २८ बर्ष पुग्दैछन।

४ कप्तानहरु मध्ये विराट कोहली र केन विलियम्सनको सेमीफाइनलमा भेट ११ बर्ष अगाडी पनि भएको थियो। मलेसियामा सम्पन्न सन् २००८ यू-१९ विश्वकपको सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

सो समय भारतको कप्तानी बिराट कोहली र न्युजिल्याण्डको कप्तानी केन विलियम्सनले नै गरेका थिए। अझ रोमाञ्चक पक्ष त, सेमिफाइनल खेलमा ३७ रन बनाएर ब्याटिंग गरिरहेका विलियम्सनको विकेट कोहली आफैंले लिएका थिए। कोहलीकै नेतृत्वमा भारतले सो विश्वकप आफ्नो नाम गरेको थियो।

११ बर्ष पछि मंगलवार भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भेट हुँदा कोहली र विलियमसन कप्तानका रुपमा पुन: एक पटक आमने-सामने हुनेछन् – कोहली र विलियम्सन दुबैका लागि एक ” डेजा भू ” ।

दुई कप्तानको यहि पुरानो कथाले खेल अघिको प्रि-म्याच पत्रकार सम्मेलनमा समेत स्थान पायो। भारतीय मुलका पत्रकारले कोहलीलाई प्रश्न गरे, सेमिफाइनल खेलमा केन विलियम्सनको विकेट आफैँले लिएको याद छ ?  कोहलीले हाँस्दै जवाफ फर्काए, “म कुनै समय पनि बलिङ्ग गर्नसक्छु र धारिलो समेत हुन सक्छु तर म चिप्लिएर लडिन भने मात्र। ”

ओल्ड ट्राफर्ड मैदानमा मंगलवार दुवै टोली न्युजिल्याण्ड भारत जितको आशामा रहने छन्। विश्वकपमा पहिलो पटक आफ्नो टोलीको मोर्चा सम्हालिरहेका कप्तान कोहलि र विलियम्सन आफ्नो टोलीका लागि मुख्य खेलाडी समेत हुन्। दवावको खेलमा दुवै कप्तानको प्रदर्शन हेर्न लायक रहने छ।

सन् १९८३ र २०११ को विश्वकप बिजेता भारत सन् २०१९ मा समेत आफ्नो बिजयी रथ दौडाउने होडमा छ। उता न्युजिल्यान्डले भने अहिलेसम्म विश्वकप उपाधी हात पार्न सकेको छैन। सन् २०१५ मा फाइनलसम्म पुगेपनि अष्ट्रेलियाले न्युजिल्यान्डलाई ७ विकेटले हराउदै उपाधी जितेको थियो।

जारी प्रतियोगिताको पहिलो चरणमा बर्षा बाधक बन्दा न्युजिल्याण्ड र भारत बिचको खेल सुरुहुनु अगाडीनै रद्ध भएको थियो। न्युजिल्याण्ड बिरुद्धको सो खेल बाहेक भारतले अन्य ७ खेलमा जित र १ खेलमा हार बेहोर्यो। उता न्युजिल्यान्डले भने पहिलो चरणमा भारत बिरुद्धको खेल बाहेक ५ खेलमा जित र ३ खेलमा हार बेहोर्यो। पाकिस्तानसंग अंक बराबरी हुँदा रनरेटको फाइदा उठाउँदै न्युजिल्यान्ड दोस्रो चरण प्रवेश गरेको हो।

तपाईंको बिचारमा कसले जित्ला त पहिलो सेमिफाइनल खेल ?





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]