डिपिएल सुरुहुन अघि काठमाडौं गोल्डेन्सका खेलाडीलाई पितृ शोक

विकेटनेपाल, १७ चैत्र -शनिवार | धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण सुरुहुन् अघि काठमाडौं गोल्डेन्सका खेलाडीलाई पितृ शोक लागेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले आज टिम चौराह धनगढीको सामना गर्दैछ ।

डिपिएलको नियम अनुसार प्रत्येक टोलिमा २ जना बिदेशी खेलाडी हुने प्राबधान स्वरूप काठमाडौंले जयकिसन कोल्सावाला र सन्नी पटेललाई भित्राएको थियो । तर जयकिसन कोल्सावालालाई पितृ शोक परेपछि उनि भारत फर्किने भएका छन् । कोल्सावालाका पिताको आज क्यान्सरका कारण मृतुभएको जानकारी प्राप्त भएको छ । कोल्सावालाले चौराह बिरुद्दको पहिलो खेलभने खेल्नेछन् । खेलपछि उनि भारत फर्कने काठमाडौं गोल्डेन्सले विकेटनेपाललाई जानकारी दिएको छ ।

Jaykishan Kolsawala
Jaykishan Kolsawala

कोल्सावालालाई परेको पितृशोकका कारण टिम चौराह धनगढी बिरुद्दको खेलमा काठमाडौं गोल्डेन्सका खेलाडीले कालो पट्टि लगाउने भएका छन् । अन्तर्राष्ट्रिय खेलकुदको जगतमा समेत यदि कसैको मृतुभएमा श्रद्धाञ्जली स्वरूप खेलाडीले हातमा कालो पट्टि बाध्ने प्रचलन रहेको छ । कोल्सावालाका पिताको निधनमा श्रद्धाञ्जली अर्पण स्वरूप खेलाडीले कालो पट्टि बाध्ने भएका हुन् । काठमाडौं गोल्डेन्सले कोल्सावालाको स्थानमा भित्र्याउने नयाँ खेलाडीको भने टुंगो लगाएको छैन।

यसअघि २०१७ डिसेम्बरमा सम्पन्न इपिएलमा ललितपुर प्याट्रीएट्सको लागि खेलेका जयकिशन कोल्सावालाले राम्रो प्रदर्शन गरेका थिए। कोल्सावालाले ललितपुरलाई प्लेअफसम्म पुर्याउन ७ खेलमा २२७ रन बनाउदै टिम सबैभन्दा सफल खेलाडी मध्ये आफुलाई उभ्याउन सफल भएका थिए।

काठमाडौँ गोल्डेन्स टिम :

ज्ञानेन्द्र मल्ल, नरेश बुढायर, ललित राजबंशी, अमित श्रेष्ठ, सन्तोष भट्ट, किशोर महतो, रासिद खान, संजय श्रेष्ठ, शाहब आलम, पुष्प थापा, भुपेन्द्र थापा, संजय बस्नेत, जयकिशन कोल्सावाला, सन्नी पटेल





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]