एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्तले उचाल्यो

फागुन । धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ। बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको हो।

उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ। भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले।  भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिएपनि टिमलाई जिताउन भने सकेनन। कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो । पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले । त्यस्तै कप्तान विपिन रावल ३८ रन, सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरन चन्द,सन्तोष भट्ट र समिर बिष्टले समान एक एक विकेट लिए ।

प्रतियोगितामा भिमदत्त नगरपालिका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद २५ हजार प्राप्त गरे । उनी दुई  खेलमा प्लेर अफ दि म्याच भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए । पुर्नवास नगरपालिका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद १५ हजार पाए । उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए । त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद १५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का लगायतले पुरस्कार वितरण गरिन् । जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रक विष्टको अध्यक्षतामा भएको समापन समारोहमा प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघका पदाधिकारी सहितका क्रिकेट प्रेमीहरुको सहभागीता रहेको थियो ।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]