सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा भोकराहा नरसिंह अर्नाज र बलान बिपुल सप्तरी टाइगर विजयी भएका छन्।
डक्टर खलिल आजाद क्रिकेट मैदनामा आज सम्पन्न पहिलो खेलमा भोकराहा नरसिंह अर्नाजले नमुना ब्लास्टर्सलाई ६ विकेटले पराजित गर्यो। ११७ रनको लक्ष्य नमुना ब्लास्टर्सले १६. ४ ओभरमा ४ विकेट गुमाएर भेटायो।
भोकराहा नरसिंह अर्नाजको जितमा सुजन थपलियाले अविजित ६१ रन योगदान दिए। सुजनले ४० बलमा ३ चौका र ६ छक्का मद्दतले ६१ रन बनाए। कप्तान अंकित सुबेदीले २६ रन बनाए। यस्तै बलिंगतर्फ अर्नाजका हेमन्त धामी र सन्दिप ढुंगानाले समान २ विकेट लिए भने शेर मल्ल र भूबन कार्कीले १/१ विकेट लिए।
नमुना ब्लास्टर्सको ब्याटिंगमा प्रतिक श्रेष्ठले सर्वाधिक ४६ रन बनाए भने कुशल मल्लले २५ रन बनाए भने बलिंगतर्फ नन्दन यादव र कुशल भुर्तेलले समान २ विकेट लिए।
आजको दोश्रो खेलमा बलान बिपुल सप्तरी टाइगरले एनबिएससी लायन्सलाई १ विकेटले पराजित गर्यो। १३३ रनको लक्ष्य बलान बिहुलले १६. ५ ओभरमा ९ विकेट गुमाएर भेटायो।
टाइगरको जितमा ब्याटिंगमा मायान यादवले सर्वाधिक ४७ रन, अभिषेक तिवारीले २५ रन तथा सुभ कंसाकारले १६ रन बनाए। यस्तै बलिंगमा रामनरेश गिरिले २ विकेट लिए। लायन्सको लागि दिलिप नाथले ४८, अभिनाश कर्णले ३४ रन बनाए भने बलिंगमा पप्पु यादवले ३ तथा शर्वन किस्कु र प्रेम कामतले २/२ विकेट लिए।