सुनसरीको भोक्राहमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आठौँ दिन मंगलबार सम्पन्न दुई खेलमा इटहरी आदर्श जायन्ट्स र पुर्बेली सुपर किंग्स विजयी भएका छन्।
डक्टर खलिल आजाद क्रिकेट मैदानमा सम्पन्न आजको पहिलो खेलमा इटहरी आदर्श जायन्ट्सले बलान बिहुल सप्तरी टाइगरलाई ३२ रनले पराजित गर्यो। १२८ रनको लक्ष्य पछ्याएको टाइगरले ९५ रन मात्र बनाउन सक्यो।
जायन्ट्सको जितमा ब्याटिंगतर्फ अर्जुन घर्तिले अर्धशतकीय योगदान दिए जुन क्रममा ३८ बलमा २ चौका र ४ छक्का मद्दतले ५३ रन बनाए। यस्तै दिपेश कंडेलले ३३ रन बनाउदा बलिंगतर्फ पनि कंडेलले ४ विकेट लिए। फिर्दोश अन्सारीले ३ विकेट लिंदा बिपिन खत्री, गुल्सन झा र राशिद खानले १/१ विकेट लिए।
आजको दोश्रो खेलमा पुर्बेली सुपर किंग्सले दुहबी क्यापिटललाई १० विकेटले पराजित गर्यो। ११३ रनको लक्ष्य किंग्सले मात्र ९. २ ओभरमा विकेट नगुमाई पुरा गर्यो।
किंग्सलाई सहज जित दिलाउन ओपनर इमरान शेखले आक्रामक ब्याटिंग गर्दै ७९ रन बनाए जुन क्रममा उनले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। अर्जुन साउदले २९ रन बनाए।
पहिले ब्याटिंग गरेको क्यापिटलले १८. ५ ओभरमा ११२ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि सोनु मण्डलले ३४, बिनोद भण्डारीले ३२ तथा लोकेश बमले १७ रन योगदान दिए।
किंग्सको बलिंगमा दिनेश अधिकारीले ४ विकेट लिंदा सौगात भट्टराई र इमरान शेखले २/२ विकेट लिए। ललित राजबंशी र दिवान पुनले १/१ विकेट लिए।
अंकतालिका