आर्मीको जितमा कुशल मल्लको अल-राउण्ड प्रदर्शन , होराइजनको जितमा सुनिल धमला उत्कृस्ट

  • विकेटनेपाल, बैशाख-१३ , शुक्रबार , सुर्खेत 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग – २ अन्तर्गत शुक्रबार सम्पन्न दोश्रो दिनको खेलमा न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लबले जित हाँसिल गरेका छन्।

दिनको पहिलो खेलमा न्यु होराइजन बुटवलले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई तथा दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले लालीगुराँस क्रिकेट क्लब झापालाई पराजित गर्यो।

शुक्रबार बिहान सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन बुटवलले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले सहजै पराजित गर्यो।

Sunil Dhamala

टस जितेर पहिले ब्याटिंग गरेको होराइजनले २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो। जवाफमा १६७ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले १९.१ ओभरमा ९५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

होराइजनको जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सुनिल धमलाले ६० रन बनाए। नेपाली राष्ट्रिय टिमको लागि खेलीसकेका सुनीलले ओपनिंग ब्याटिंग गर्दै ४० बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्जुन रायमाझीले ४० तथा सुरज दराईले अविजित २१ रन बनाए।

बलिंगतर्फ होराइजनका कप्तान समेत रहेका पुर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सर्वाधिक ३ विकेट लिए। गौचनले ४ ओभरमा २३ रन खर्चिए। बिकाश श्रेष्ठ र सुनिल धमलाले २/२ विकेट लिए।

Shakti Gauchan

महेन्द्रनगरको लागि सन्तोष भट्टले ब्याटिंगमा २२ रन र बलिंगमा २ विकेट लिए पनि टिमलाई जित नजिक पुर्याउन सकेनन्।

आर्मीको जितमा कुशल मल्लको अल-राउण्ड प्रदर्शन 

दिनको दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गतको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग रोजेको आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो। १७७ रनको लक्ष्य पछ्याउने क्रममा लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।

लालीगुराँसलाई लक्ष्यसम्म पुग्न नदिन आर्मीका बलर जितेन्द्र मुखिया, हरि चौहान र भिम शार्कीले २/२ विकेट लिए। लालीगुराँसको ब्याटिंगमा विवेक राजपुतले सर्वाधिक २७ रन बनाए।

Kushal Malla

पहिले ब्याटिंग गर्ने क्रममा आर्मीको लागि राजु रिजालले ४९ तथा कुशल मल्लले ४२ रन बनाए। राजुले ३३ बलमा ३ चौका र १ छक्का तथा कुशलले २१ बलमा ३ छक्का र २ चौका प्रहार गरे।

एक समय ९६/६ को अवस्थामा रहेको आर्मीलाई सातौँ विकेटको लागि राजु र कुशलले ६७ रनको साझेदारी गर्दै उकासेका थिए।

लालीगुराँसको लागि बलिंगमा प्रनभ शाह, यश कनडिया र तिलक मगरले समान २/२ विकेट लिए।

बलिंगमा १ विकेट र ब्याटिंगमा ४२ रन बनेका अन्डर-१९ राष्ट्रिय क्रिकेटर कुशल मल्ल खेलको प्लेयर अफ द म्याच चुनिए।

Jitendra Mukhiya
Jitendra Mukhiya

प्रतियोगिता अन्तर्गत शनिवार २ खेल खेलिनेछन्। बिहान ८:३० बजे सुरु हुने खेलमा मध्यपश्चिम क्रिकेट क्लब र कर्णाली-११ तथा दिउसो १ बजे सुरु हुने खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) र हिमालयन क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

दुवै समूहबाट उत्कृत हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

KPL 2 Tie Sheet

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछनन्।





थप समाचार

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम […]

यु–१९ महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का […]

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई […]

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]