केपीएल : सुनिल र शक्ति चम्किदा न्यु होराइजनको सहज जित

Sunil Dhamala
  • विकेटनेपाल, बैशाख-१३ , शुक्रबार, सुर्खेत  

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिगको दोश्रो संस्करणको दोश्रो दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन बुटवलले जित हाँसिल गरेको छ ।

कालिन्चोक क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा न्यु होराइजन बुटवलले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले सहजै पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको होराइजनले २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो। जवाफमा १६७ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले १९.१ ओभरमा ९५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Sunil Dhamala ( Photo – Rajan Adhikari ) 

होराइजनको जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सुनिल धमलाले ६० रन बनाए। नेपाली राष्ट्रिय टिमको लागि खेलीसकेका सुनीलले ओपनिंग ब्याटिंग गर्दै ४० बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्जुन रायमाझीले ४० तथा सुरज दराईले अविजित २१ रन बनाए।

बलिंगतर्फ होराइजनका कप्तान समेत रहेका पुर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सर्वाधिक ३ विकेट लिए। गौचनले ४ ओभरमा २३ रन खर्चिए। बिकाश श्रेष्ठ र सुनिल धमलाले २/२ विकेट लिए।

महेन्द्रनगरको लागि सन्तोष भट्टले ब्याटिंगमा २२ रन र बलिंगमा २ विकेट लिए पनि टिमलाई जित नजिक पुर्याउन सकेनन्। स्कोरकार्ड

खेलको फोटोहरु :-

Shakti Gauchan
Sunil Dhamala
Sunil Dhamala
Player of the match Sunil Dhamala

कर्णाली प्रिमियर लिग अन्तर्गत बिहिबारको उद्घाटन खेलमा कर्णाली-११ ले लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो।

प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

दुवै समूहबाट उत्कृत हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछनन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]