केपिएल : कृष्ण कार्कीको अल-राउण्ड प्रदर्शनमा कर्णाली-११ को दोश्रो जित

  • विकेटनेपाल, बैशाख-१४ , शनिवार 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ।

प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो। कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णाली-११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो। लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।

Krishna Karki

मध्य-पश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए। कसिलो बलिंग गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए।

जितेंर सिंह ठकुरी र ललित प्याकुरेलले १/१ विकेट लिए।

मध्य-पश्चिमको लागि शैलेन्द्र यादबले सर्वाधिक ३१ , राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन।

खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा  कर्णाली-११ को लागि कप्तान रबिन्द्र जंग शाहीले अविजित ६१ रन योगदान दिए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गरे। यस्तै कृष्ण कार्कीले आक्रामक इनिंग खेल्दै अविजित ४६ रन बनाउन मात्र २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। लोकेस बमले १७ रन बनाए।

७९ रनमा ४ विकेट गुमेपछि रबिन्द्र र कृष्णले पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए।

मध्य-पश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामांग र अजय शाहनीले १/१ विकेट लिए।

खेलको फोटोहरु –





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]