अनिल साहको शतकमा एपीएफको जित, कर्णाली-११ जित्दा कृष्ण कार्कीको अल-राउण्ड योगदान

Anil Sah
  • विकेटनेपाल, बैशाख १४ – शनिवार , सुर्खेत 

सुर्खेतमा जारि दोश्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिगको तेश्रो दिन सम्पन्न २ वटा खेलमा कर्णाली-११ र विभागीय टोलि शशस्त्र प्रहरी बलले जित हाँसिल गरेका छन्।

कालिन्चोक मैदानमा सम्पन्न पहिलो खेलमा आयोजक टिम कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्यो। यस्तै दोश्रो खेलमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्यो।

पहिलो खेल :- कर्णाली-११ द्वारा मध्य-पश्चिम क्रिकेट क्लब पराजित 

दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्यो।

प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो। कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णाली-११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो। लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।

Rabindra Jung Sahi

मध्य-पश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए। कसिलो बलिंग गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए।

जितेंर सिंह ठकुरी र ललित प्याकुरेलले १/१ विकेट लिए।

मध्य-पश्चिमको लागि शैलेन्द्र यादबले सर्वाधिक ३१ , राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन।

खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा  कर्णाली-११ को लागि कप्तान रबिन्द्र जंग शाहीले अविजित ६१ रन योगदान दिए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गरे। यस्तै कृष्ण कार्कीले आक्रामक इनिंग खेल्दै अविजित ४६ रन बनाउन मात्र २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। लोकेस बमले १७ रन बनाए।

Krishna Karki

७९ रनमा ४ विकेट गुमेपछि रबिन्द्र र कृष्णले पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए। मध्य-पश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामांग र अजय शाहनीले १/१ विकेट लिए।

दोश्रो खेल :- अनिलको शतक र शरदको अल-राउण्ड प्रदर्शनमा एपीएफको सहज जित 

समुह बि अन्तर्गतको खेलमा टस जितेर एपीएफले ब्याटिंग गर्दै गरेको एपीएफले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले १०८ रन मात्रै बनाउन सक्यो।

हिमालयनलाई सस्तोमा समेट्न एपीएफको लागि शरद भेसावकरले ४ विकेट तथा भुवन कार्की, पुरन बिक र सन्दिप जोराले २/२ विकेट लिए। हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक २४ रन बनाए।

यस अघि एपीएफको ब्याटिंगमा अनिल साहले शतक र शरद भेसवकरले अर्धशतकीय इनिंग खेले। अनिलले १०२ रन बनाउन ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गरे।

Anil Sah

शरदले ५१ रन बनाए जुन क्रममा ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। दुवैले ओपनिङ्ग साझेदारीको रुपमा १५५ रन बनाए। कप्तान प्रदिप ऐरि १२ र शंकर राना १३ रनमा अविजित रहे।

एपीएफले २ विकेट गुमाएर २० ओभरमा १९२ रनको योगफल तयार गरेको थियो।

Sharad Vesawkar

प्रतियोगिता अन्तर्गत आइतबार २ खेल संचालन हुनेछन् । बिहानको खेलमा मध्य-पश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लबले तथा दिउसोको खेलमा एपीएफ र न्यु होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन्।

कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

दुवै समूहबाट उत्कृस्ट हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।





थप समाचार

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज शुक्रबार नेपाल र युएईबीच सेमिफाइनल खेल हुदैछ । एसोसिएट […]

पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ […]

मुम्बईले पञ्जाबलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १ सय ९३ […]

युएईविरुद्ध सेमिफाइनलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले शुक्रबार युएईको सामना गर्दै छ । ओमानको मस्कटमा हुने खेल […]

आइपीएल : मुम्बई र पञ्जाब खेल्दै

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच खेल हुँदै […]

युएईविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार नेपाल र युएईबीच खेल हुदैछ । एसोसिएट क्रिकेटको ईएल क्लासिको भिडन्त […]