केपीएल : मध्य-पश्चिमको जितमा आकास बिस्ट उत्कृस्ट

  • विकेटनेपाल, बैशाख-१५ 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य मध्य-पश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पुरा गर्यो।

मध्य-पश्चिमको जितमा बलिंगमा आकास बिस्ट र अजय साहनीले ३/३ विकेट लिए। यस्तै ब्याटिंगमा सैलेन्द्र यादबले अविजित ५३ रन तथा बिशाल गुप्ताले अविजित ४५ र बनाए। सैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा बिशालले ४३ बलमा ५ चौका प्रहार गरे।

यस अघि लालीगुराँसको लागि ब्याटिंगमा प्रकास पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाएका थिए। स्कोरकार्ड 

खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका अफ स्पिनर आकास बिस्ट घोषित भए। बिस्ट नेपाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका पुर्व क्रिकेटर हुन् समेत हुन्।

समुह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्य-पश्चिमको पहिलो जित हो। लालीगुराँसले भने ३ वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समुहको शिर्ष स्थानमा रहेको कर्णाली-११ ले २ खेल खेल्दा २ वटैमा जित हाँसिल गरेको छ भने त्रिभुवन आर्मीले १ खेलमा जित हाँसिल गरेको छ। अंकतालिका 

खेलको फोटोहरु –

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]